काठमाडौको सुरक्षा व्यवस्था कडाइ

सोमबार, २० असार
टर्कीको इस्तानबुल विमानस्थलमा गत साता र बंगलादेशको ढाकामा शुक्रबार भएको आतंककारी हमलापछि काठमाडौंस्थित अन्तराष्ट्रिय विमानस्थलको सुरक्षा सतर्कता पनि बढाइएको छ ।
चक्रपथको मुख्य सडकदेखि नै तालिमप्राप्त कुकुरमार्फत प्रहरीले नियमित चेकजाँच थालेको छ । ‘गोल्डेनगेटदेखि नै सुरक्षामा कडाइ गरेका छौ,’ विमानस्थलका डिआइजी गोविन्द निरौलाले भने, ‘यात्रुको चेकिङमा पनि प्रहरी सक्रियता बढेको छ ।’
‘पछिल्लो समय दक्षिण एसियामा आतंकवादी हमलाका घटना बढ्दै जाँदा नेपाललाई आफ्नो सुरक्षा बलियो बनाउनुपर्ने थप दबाब भएको छ,’ एक प्रहरी अधिकारीले भने, ‘विमानस्थल र सीमामा सुरक्षा बलियो नबनाए कुनै दिन ठूलो दुर्घटना नहोला भन्न सकिन्न ।’
अन्तर्रा्ष्ट्रिय आतंकवादी संगठनहरूले नेपालीलाई टार्गेट नगरे पनि नेपालमा रहेका विदेशीलाई टार्गेट गर्न सक्ने चेतवानी पटक–पटक सुरक्षा निकायले गृह मन्त्रालयलाई दिएको स्रोत बताउछन । आजको नयाँपत्रिकामा समाचार छ।







