आजको पत्रपत्रीकाबाट Thursday, 30 Jun, 2016
Prestige Media

फेरी सरकारको विकल्प खोज्न कसरत

असार १६, काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको विकल्प खोज्न प्रमुख प्रतिपक्ष कांग्रेस र सत्ता घटक नेकपा माओवादी केन्द्रका नेताहरूले अनौपचारिक छलफल तीव्र बनाएका छन् । एमालेले मागेको ‘असार १५ सम्मको समयसीमा’ पूरा भएको भन्दै माओवादी नेताहरू नयाँ सरकार समीकरणको कसरतमा लागेका हुन्।
स्रोतका अनुसार केन्द्रका अध्यक्ष प्रचण्डले एमालेसँगको भद्र सहमति कार्यान्वयन नहुने संकेत पाएपछि कांग्रेससँग मिलेर सरकार बनाउने गृहकार्य थालेका हुन्। उनी कांग्रेससँग विश्वासको वातावरण बनाउन जुटेका छन्। असार ७ मा कांग्रेस सभापति शेरबहादुर देउवाले भेटदा दाहालले बजेट पारित भएपछि सरकारको विकल्प खोज्न आफू तयार रहेको बताएका थिए।
सत्तारूढ मुख्य घटक एमालेका नेताले वैशाख २३ गते दाहाल निवास लाजिम्पाटको भेटवार्तामा जेठ मसान्तसम्म पर्खन दाहाललाई आग्रह गरेको चर्चामा आएको थियो। फेरि एमालेसँग जेठ अन्तिममा छलफल गर्दा बजेट अनुमोदनलगायत कारणले असार १५ सम्म पर्खन आग्रह गरेको माओवादी नेताहरूको भनाइ छ।
‘उहाँहरूले माओवादीसित कुरा गर्दा बुधबार (असार १५) सम्मको समयसीमा माग्नुभएको हो,’ माओवादी केन्द्रका नेता वर्षमान पुनले भने, ‘भोलि (बिहीबार) देखि हामी एमालेसँग कुनै पनि खाले सम्झौताको बन्धनमा छैनौं, अब आफ्नै हिसाबले अगाडि बढ्छौं।’
पुनले यसबीचमा कांग्रेससँग नयाँ सरकार समीकरणको सम्भावना र तयारीबारे अनौपचारिक तहमा निरन्तर कुराकानी भएको खुलाए। बुधबार बेलुकी बसेको माओवादी संसदीय दलको बैठकमा नयाँ सहमतीय सरकारको गठनबारे छलफल भएको छ।
दाहाल सकेसम्म आफ्नै नेतृत्वमा सहमतीय सरकारका लागि प्रयास गर्ने, नभए बहुमतीय सरकार भए पनि ओलीको विकल्प खोज्नुपर्ने निचोडमा पुगेको स्रोतको दाबी छ। प्रमुख प्रतिपक्षी कांग्रेस राष्ट्रिय सहमति बन्ने अवस्था नभएको बताउँदै माओवादी केन्द्र र मधेस केन्द्रित दललाई साथमा लिएर सरकार बनाउने पक्षमा छ।  कान्तिपुर दैनिकमा समाचार छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बादल लक्षित गरी सुरेन्द्र पाण्डेले भने– षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सपथ

दक्षिण कोरियाको जेलमा रहेका पूर्व राष्ट्रपति युनकी पत्नी पक्राउ

सप्तकोशीका २८ ढोका खोलियो

सदनमा बहुविवाह बहस

नेप्सेमा उच्च अंकको गिरावट

अमेरिकाद्वारा रुसविरुद्ध परमाणु पनडुब्बी तैनाथ

यात्रु अभावले पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल संचालनमा समस्या: मन्त्री पाण्डे

पहिरोले बिपी राजमार्गमा बारम्बार यातायात अवरुद्ध

नबिल बैङ्क बयालिसौँ वर्षमा

नेपालका प्रधानमन्त्री ओली र स्पेनका प्रधानमन्त्री साञ्चेजबीच भेटवार्ता

सडकका खाल्टा खुल्टी तत्काल टाल्न स्थानीय प्रशासनको निर्देशन

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL