अर्थ बाणिज्य / समाज Friday, 13 Jan, 2017
Prestige Media

व्यापार सहजीकरण सम्झौता अनुमोदित

काठमाडौँ, २९ पुस । व्यवस्थापिका–संसद्को आजको बैठकले ‘स्थानीय तह निर्वाचन विधेयक, २०७३ र निर्वाचन (कसुर तथा सजाय विधेयक), २०७३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
उपप्रधानमन्त्री विमलेन्द्र निधिले सोसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकले ‘व्यापार सहजीकरण सम्झौता’लाई सर्वसम्मतिले अनुमोदन गरेको छ । वाणिज्यमन्त्रीका तर्फबाट सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले सोसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

बैठकले नेपाल परिवार दलका एकनाथ ढकाललाई सार्वजनिक लेखा समितिका सदस्यमा थप गर्ने प्रस्तावप्रति सहमति जनाएको छ । सभामुख ओनसरी घर्तीले सो सम्बन्धी प्रस्ताव गर्नुभएको थियो । व्यवस्थापिका–संसद्को अर्को बैठक आगामी माघ ७ गते अपराह्न १ बजे बस्नेछ । रासस

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL