अर्थ बाणिज्य / समाज
Monday, 25 Aug, 2025
२१.३० अङ्कले बढ्याे नेप्से परिसूचक
शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव ३० अङ्कले बढेर २ हजार ७ सय ६१ दशमलव २६ विन्दुमा पुगेको छ,
नारायणी विकास बैंक र विकाश हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार बढेको दिन राष्ट्रिय वाणिज्य बैंकको म्युचल फन्ड–१ को शेयर सबैभन्दा धेरै ३ दशमलव ८७ प्रतिशतले घटेको छ ।
आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ६ अर्ब ५४ करोडको कारोबार भएकोमा आज ३ सय १७ वटा कम्पनीका १ करोड ८ लाख कित्ता शेयर ५ अर्ब ७५ करोड रुपैयाँमा किनबेच भएको छ ।







