भाडाका सार्वजनिक सवारी नचल्दा पृथ्वी राजमार्ग सुनसान
धादिङ – यातायात व्यवसायीहरूले गरेको अनिश्चित कालीन आमा हडतालका कारण पृथ्वी राजमार्गको जनजीवन पनि प्रभावित भएको छ । आज बिहानैदेखि राजमार्ग नगन्य मात्रै सवारीका साधनहरू गुडेका छन् ।
राइड सेयरिङको नाममा निजी सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली खारेजीको माग गर्दै विरोधमा उत्रिएका यातायात व्यवसायीले आजदेखि देशभर अनिश्चित कालीन यातायात बन्दको घोषणा गरेका हुन् ।
पृथ्वी राजमार्ग हुँदै राजधानीलगायत देशका विभिन्न भागमा आवत जावत गर्ने लामो तथा छोटो दुरीका सवारीका साधनहरू नचल्दा राजमार्ग ठप्प भएको हो । भाडाका सार्वजनिक सवारी साधन नचल्दा बिहानैदेखि भाडाका सवारीका साधनको प्रतीक्षामा बसेका यात्रुहरूले गन्तव्य सम्म जान पाएका छैनन् भने केही यात्रु पैदल नै हिँडेर गन्तव्यतर्फ लागेका छन् ।
पृथ्वी राजमार्गमा केही मालवाहक सवारीका साधनहरू गुडेको भए पनि भाडाका सार्वजनिक सवारीका साधनहरू भने ठप्प छ । फाटफुट रूपमा निजी सवारीका साधनहरू भने सङ्घीय राजधानी काठमाण्डौँबाट बाहिरिएका छन् भने राजधानी प्रवेशका लागी एका पनि फाटफुट मात्रै भेटिएका छन् ।
आज बिहानै देखी नागढुङ्गा नाकाबाट सङ्घीय राजधानी राजधानी प्रवेश गर्ने र राजधानीबाट बाहिरिने भाडाका कुनै पनि सवारीका साधनहरू नागढुङा नाकाबाट नबाहिरिएको प्रहरीले जनाइएको छ ।







