अर्थ बाणिज्य / समाज Thursday, 25 Apr, 2024
Prestige Media

कृषि बिमालेख बिक्री नरोक्न प्राधिकरणको निर्देशन

काठमाडौं– नेपाल बिमा प्राधिकरणले कृषि बिमालेख बिक्री नरोक्न बिमा कम्पनीलाई निर्देशन दिएको छ। नेपाल बिमक संघबाट जारी विज्ञप्तिले भ्रम सिर्जना गराउनेतर्फ सचेत रहन आग्रह गर्दै प्राधिकरणले कृषि बिमालेख नरोक्न निर्देशन दिएको हो। बिमा कम्पनीले कृषि बिमामा अनुदानबापतको रकम सरकारबाट नआएको बताउँदै बिमालेख बिक्री नगर्ने सूचना बिमक संघले जारी गरेको थियो। संघले बुधबार पनि सोही आशयको धारणा विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ।
‘नेपाल बिमक संघबाट २०८१ वैशाख १२ मा जारी कृषि बिमासम्बन्धी विज्ञप्तिबारे गम्भीर ध्यानाकर्षण भएको छ। कृषि तथा पशुपक्षी बिमा व्यवसायलाई भरपर्दो र विश्वसनीय बनाउने तथा सरकारबाट प्राप्त हुन बाँकी अनुदान रकम यथाशीघ्र उपलब्ध गराउने विषयमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयसँग बारम्बार समन्वय तथा पहल भइरहेको छ,’ प्राधिकरणको विज्ञप्तिमा भनिएको छ। छिट्टै रकम प्राप्त हुने हुँदा तत्काल उक्त विज्ञप्ति फिर्ता लिई कृषि तथा पशुपक्षी बिमा व्यवसाय तथा दाबी भुक्तानी सुरु गर्न प्राधिकरणले निर्देशन दिएको छ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL