अर्थ बाणिज्य / समाज Thursday, 14 Mar, 2024
Prestige Media

सहकारी पीडितले सुरु गरे आन्दोलन

काठमाडौं– सरकारले मिटरब्याज पीडितसँग सम्झौता गरेर आन्दोलन मत्थर पारिसकेको छ। यस्तै, लघुवित्तपीडितलाई पनि वार्तामा आउन आग्रह गरेको छ। मिटरब्याज र लघुवित्त पीडितका मागमा सरकारले वार्ता गर्ने भएसँगै सहकारी पीडितले काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएका छन्। देशका विभिन्न स्थानबाट काठमाडौं आएका सहकारी पीडितले सरकारलाई माग गराउन र जनदबाब सिर्जना गर्ने उद्देश्यले आज विरोध प्रदर्शन गर्न लागेका हुन्।
चैत मसान्तभित्र सबै सहकारी पीडितको सावाँ ब्याज फिर्ता गराउने सहकारी मन्त्रालयबाट महिना दिनअघि भएको घोषणा पूरा नगरेको र आफ्ना माग सम्बोधन नभएको भन्दै पीडितले काठमाडौंका विभिन्न स्थानमा भेला भएर भृकुटीमण्डपमा विरोधस्वरुप कोणसभा गर्न लागेका हुन्। सहकारी पीडितले विरोध प्रदर्शनका क्रममा कालीमाटी, गोंगबु, नयाँ बसपार्क बिजी मल, सिफल चौर, शंखपार्क र जावलाखेलबाट ¥याली, ब्यानरसहित सुन्धारामा भेला भएर विरोध प्रदर्शन गर्दै छन्।
सुन्धारामा भेला भएका उनीहरुले भृकुटीमण्डप पुगेर विरोधस्वरुप कोणसभा गर्ने कार्यक्रम रहेको प्रदर्शनको नेतृत्व सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान(महासंघ)ले बताएको छ। काठमाडौं उपत्यकासहित देशभरि विभिन्न सहकारीमा सञ्चालकबाट ठगिएका बचतकर्ता व्यवसायी र सर्वसाधारणले आन्दोलन गर्दै आएका छन्। सहकारी पीडितले चरणबद्ध आन्दोलन गरिरहे पनि सरकारले तिनका माग सम्बोधन भने गरेको छैन।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL