अर्थ बाणिज्य / समाज
Monday, 22 Aug, 2022
आईपीओ भर्दा ५ रुपैयाँ शुल्क लाग्ने
काठमाडौं– नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासनमा लाग्ने सी–आस्वा शुल्क रकम घटाउने भएको छ । आइतबार बसेको बोर्ड बैठकमा सी–आस्वा शुल्क घटाउने प्रस्ताव लगिएको बोर्ड अध्यक्ष रमेश हमालले बताए ।
अब आईपीओलगायतका सार्वजनिक निष्कासनमा अधिकतम ५ रुपैयाँसम्म मात्रै शुल्क लिन पाउने गरी बोर्डमा प्रस्ताव लगेर छलफल भएको उनले जानकारी दिए । यो निर्णय चाँडै कार्यान्वयनमा लगिने उनको भनाइ छ ।बोर्डका अनुसार १ रुपैयाँ सार्वजनिक निष्कासन गर्ने कम्पनीले नियुक्त गरेको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकले पाउनेछ । त्यस्तै, १ रुपैयाँ सीडीएस एन्ड क्लियरिङले प्राप्त गर्नेछ ।
हाल सार्वजनिक निष्कासनमा बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाले अधिकतम १०० रुपैयाँसम्म शुल्क लिँदै आएका छन् ।







