अर्थ बाणिज्य / समाज Monday, 7 Jul, 2025
Prestige Media

ट्रम्पसँग ‘सजिलै सम्झौता’ नगर्ने जापानी प्रधानमन्त्रीको भनाइ

टोकियो-  जापानका प्रधानमन्त्री शिगेरु इशिबाले आइतबार टोकियोले राष्ट्रपति डोनाल्ड ट्रम्पको जापानी सामानहरूमा ३५ प्रतिशतसम्म भन्सार शुल्क लगाउने धम्कीलाई टार्न खोजिरहेको छ भन्दै वासिङ्टनसँग वार्तामा ‘सजिलै सम्झौता’ नगर्ने बताउनुभएको छ ।

“हामी सजिलै सम्झौता गर्नेछैनौँ । त्यसैले समय लागिरहेको छ र त्यसैले यो कठिन छ”, इशिबाले एक टेलिभिजन टक शोमा भन्नुभयो ।

ट्रम्पले अप्रिलमा धेरैजसो व्यापारिक साझेदारहरूबाट आयातमा व्यापक १० प्रतिशत भन्सार शुल्क लगाउनुभए पनि उहाँले जापान लगायत दर्जनौँ अर्थतन्त्रहरूमा उच्च दरहरू घोषणा गर्नुभयो र वार्ताका लागि ठाउँ दिन त्यसपछि रोक्नुभयो ।

यो रोकावट जुलाई ९ मा समाप्त हुनेछ । यसको अर्थ यदि देशहरूले तिनीहरूलाई टार्न वासिङ्टनसँग सम्झौता गर्न असफल भएमा उच्च दरहरू लागू हुनेछन् ।

ट्रम्पले जापानलाई ‘३० प्रतिशत, ३५ प्रतिशत वा हामीले निर्धारण गरेको सङ्ख्या तिर्न’ भन्दै पत्र लेख्न जाँदै गरेको र द्विपक्षीय व्यापार सम्बन्धलाई ‘अनुचित’ भन्नुभएको छ ।

उहाँले विशेषगरी जापानलाई थप अमेरिकी अटोमोबाइल र चामल स्वीकार गर्न दबाब दिनुभएको छ ।

टोकियोका व्यापार दूत रियोसेइ अकाजावाले बिहीबार र शनिबार अमेरिकी वाणिज्यमन्त्री हावर्ड लुटनिकसँग टेलिफोनमा कुरा गर्नुभएको थियो ।“के अन्याय हो रु यो कसरी अनुचित छ रु हामीले अमेरिकी दावीहरू मध्ये प्रत्येकको जाँच गर्न आवश्यक छ”, उहाँले भन्नुभयो, “हामी सहयोगी हौँ, तर हामीले भन्नैपर्ने कुरा भन्नुपर्छ । हामी विश्वको सबैभन्दा ठूलो लगानीकर्ता राष्ट्र र सबैभन्दा ठूलो रोजगारी सिर्जनाकर्ता ९अमेरिकामा० हौँ । हामी फरक छौँ ।”

अर्को सन्डे टेलिभिजन कार्यक्रममा इशिबाले ट्रम्पको पत्रलाई कसरी सामना गर्ने योजना छ भनेर सोध्दा जापानले ‘सबै प्रकारका परिस्थितिहरूको सामना गर्न तयारी गरिरहेको’ बताउनुभयो ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL