Breaking News Wednesday, 12 Aug, 2026
Prestige Media

बर्डफ्लु नियन्त्रणमा भएसँगै अण्डा र मासुको खपत र मूल्य बढ्यो

पन्छीमा देखिएको बर्डफ्लु रोग नियन्त्रणमा आएसँगै पोल्ट्रीजन्य उत्पादनको मूल्य बढ्न थालेको छ। अण्डा, मासु र चल्लाको मूल्य पूर्ववत् अवस्थामा फर्किन सुरु गरेको हो।

नेपाल लेयर्स कुखुरापालक सङ्घले आजबाट अण्डाको समर्थन मूल्य बढाएको छ। फार्महरूको दररेटलाई आधार मानेर मूल्य बढाइएको हो। सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार यसअघिको मूल्यमा प्रतिक्रेट रु ३० वृद्धि गरिएको छ। ठूलो अण्डा प्रतिक्रेट रु ५०० बाट ५३०, मिडियम रु ४७० बाट ५०० र सानो अण्डा प्रतिपेटी (सात क्रेट) रु २,९०० बाट ३,००० पुर्‍याइएको छ। एक्सेल अण्डा रु ५१५ बाट ५४५ पुगेको छ।

अध्यक्ष पोखरेलले बर्डफ्लु नियन्त्रणमा आएसँगै खपत बढेको, उत्पादनमा कमी आएको लगायतका कारण अण्डाको समर्थन मूल्य बढाइएको बताए। बर्डफ्लुका कारण ठूलो अण्डा प्रतिक्रेट रु ४५० मा झरेको थियो। प्रतिक्रेट रु ५६५ बाट रोगको सङ्क्रमण देखिएसँगै मूल्य घटेको थियो। अण्डाको लागत मूल्य प्रतिगोटा रु १९.१२ पर्न आउँछ। यसरी हिसाब गर्दा किसानले प्रतिक्रेट रु ५७३.६० पाएमात्रै लागत मूल्य प्राप्त गर्नेछन्। बर्डफ्लुका कारण किसानले ठूलो नोक्सानी व्यहोरेको उनले बताए। 

उनका अनुसार झण्डै १० लाख लेयर्स कुखुरा बर्डफ्लु र एच–नाइनका कारण मरेका छन्। चैत महिनादेखि असारसम्म दैनिक उत्पादन ४३ लाखबाट घटेर २८ लाखमा झरेको छ। यसलाई हेर्दा दैनिक १५ लाख हाराहारी अण्डा उत्पादन घटेकाले ठूलो नोक्सान भएको उनले बताए। 

यस्तै कुखुराको मासु र चल्लाको मूल्य पनि बढ्न थालेको छ। ब्रोइलर चल्लाको मूल्य प्रतिगोटा रु ७० पुगेको छ। रोगका कारण तीन ह्याच नष्ट गरेका उद्योगीले गोटाको रु १५ मा समेत बिक्री गरेका थिए। ह्याचरीले सातामा दुई ह्याच चल्ला उत्पादन गर्छन्। ह्याचरी उद्योग सङ्घ नेपालका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेका अनुसार ब्रोइलर चल्लाको लागत मूल्य प्रतिगोटा रु ६५ हो।

 यस्तै लेयर्स चल्लाको लागत मूल्य प्रतिगोटा रु १२५ हो भने अहिले बजारमा रु १५० मा बिक्री हुन थालेको छ। एक सातामा ब्रोइलर चल्ला २८ देखि ३० लाख र लेयर्स चल्ला एक लाख उत्पादन हुने गर्छ। बर्डफ्लुभन्दा पहिला ब्रोइलर चल्ला साताको ४० देखि ४५ लाखसम्म उत्पादन हुने गरेको थियो।

रोग सङ्क्रमणका कारण दैनिक नौ लाख किलो बिक्री भइरहेको कुखुराको मासु घटेर दैनिक पाँच लाख किलोमा झरेको थियो। यो बढेर अहिले दैनिक सात लाख किलो पुगेको छ। किसानले ब्रोइलरको जिउँदो कुखुरा प्रतिकिलो रु २६० मा बिक्री गर्दै आएकामा घटेर रु १५० मा झरेको थियो। अहिले बढेर रु २१५ पुगेको लामिछानेले जानकारी दिए। रोगका कारण भएको क्षतिको विवरण निकाल्ने काम भइरहेको भन्दै उनले अर्बौँ रुपैयाँ गुमाउनुपरेको बताए। 

पशु सेवा विभागका अनुसार यही साउन १ गतेयता बर्डफ्लुको सङ्क्रमण देखिएको छैन। पछिल्लोपटक काठमाडौंको गोकर्णेश्वर–१ सुन्दरीजलमा सङ्क्रमण देखिएको थियो। विभागको तथ्याङ्कअनुसार चैत ४ गते केन्द्रीय पशु पन्छी रोग अन्वेषण प्रयोगशालामा पीसीआर विधिबाट गरिएको परीक्षणमा रोग पुष्टि भएको थियो। त्यससँगै चैत ६ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट बर्डफ्लु प्रभावित क्षेत्र घोषणा गरिएको थियो। मोरङको उर्लाबारी–८ र सुन्दरहरैँचा–४ मा पहिलोपटक बर्डफ्लु देखिएको थियो। 

विभागका वरिष्ठ पशु चिकित्सक डा. मुकुल उपाध्यायका अनुसार नेपालभर आठ लाख ३५ हजार ५६३ वटा पन्छी नष्ट गरिएको छ। ११ लाख ६५ हजार ६६३ वटा अण्डा, दुई लाख ४५ हजार ३५ किलो दाना नष्ट गरिएको छ। काठमाडौं उपत्यकाभित्र र काभ्रेमा मात्र तीन लाख ६७ हजार ८३५ वटा पन्छी नष्ट गरिएको थियो।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

भाइरल आमा’ लाई बाससँगै जुम्ल्याहा छोरीको स्कुलको चिन्ता

दुई युवकमाथि अभद्र व्यवहारमा अनुसन्धान क्रममा भेटियो पेस्तोल

कञ्चनपुर, सिन्धुपाल्चोक, अर्घाखाँचीसँगै धादिङ र गोरखाको सीमा क्षेत्रमा धेरै भारी वर्षा

आज प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जवाफ दिने

गरिमाका बुबा-आमासँग सहमति : कानुन संशोधनको सुझाव दिन कार्यदल, सिमरामा सालिक

शंखमुलको होस्टलमा धारिलो हतियार प्रहार गरेर युवकको हत्या

जेलबाट अस्पताल सारियो पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई

सुदूरपश्चिम प्रदेश सभामा कांग्रेस सांसदले सभामुख भण्डारीलाई ‘सांसद पदका यमराज’ भनेपछि

प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवालिने सेवाग्राहीको चाप उच्च

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

त्रिभुवन विमानस्थलबाट वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ

आजबाट चौबिसै घण्टा खुल्न थाल्यो भक्तपुरको भाटभटेनी

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL