अर्थ बाणिज्य / समाज
Friday, 2 Aug, 2024
तोलामा १ हजार ६ सयले बढ्यो सुन मूल्य
काठमाडौं– स्थानीय बजारमा आज पहेंलो धातु सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ४७ हजार आठ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ४९ हजार चार सय निर्धारण भएको छ।
आजको मूल्यपछि सुनको मूल्य पुनः रेकर्ड नजिक पुगेको छ। चाँदीको मूल्य तोलामा २० ले बढेको छ । बुधबार प्रतितोला एक हजार सात सय ८० मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार आठ सय निर्धारण भएको छ।