अर्थ बाणिज्य / समाज Tuesday, 23 Jul, 2024
Prestige Media

वैदेशिक व्यापार घाटा १४ खर्ब ४० अर्ब, निर्यात डेढ खर्बको मात्रै

काठमाडौं– गत आर्थिक वर्ष २०८०÷८१ मा नेपालले कुल १७ खर्ब ४५ अर्ब ३६ करोड ६७ लाख बराबरको वैदेशिक व्यापार गर्दा १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख घाटा व्यहोरेको छ। भन्सार विभागले सार्वजनिक गरेको गत आवको वैदेशिक व्यापारको तथ्यांकअनुसार कुल १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाखको वस्तु आयात गर्दा १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाखको मात्रै निर्यात गरेको देखिएको हो। विभागको तथ्यांक अनुसार अघिल्लो आवको तुलनामा आयात, निर्यात र समग्र वैदेशिक व्यापार घटेको छ। अघिल्लो आव २०७९÷८० मा नेपालले १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख बराबरको आयात र १ खर्ब ५७ अर्ब १४ करोड ६ लाख बराबरको निर्यात गर्दा कुल वैदेशिक व्यापार १७ खर्ब ६८ अर्ब ८७ करोड २४ लाख पुगेको थियो।
अघिल्लो आवको वैदेशिक व्यापार घाटा १४ खर्ब ५४ अर्ब ५९ करोड ९१ लाख बराबर थियो । अघिल्लो आवको तुलनामा गत आवमा आयात एक दशमलव १६, निर्यात तीन दशमलव ०३, समग्र वैदेशिक व्यापार एक दशमलव ३३ र वैदेशिक व्यापार घाटा शून्य दशमलव ९६ प्रतिशतले घटेको हो।
गत आवको आयात–निर्यात अनुपात १० दशमलव ४५ प्रतिशत बराबर छ। गत आवमा सबैभन्दा धेरै भारतसँग व्यापार घाटा देखिएको छ।
भारतबाट ९ खर्ब ९६ अर्ब ६८ करोडको वस्तु आयात हुँदा १ खर्ब तीन अर्ब १७ करोड बराबर मात्रै निर्यात भएको छ। जसबाट भारतसँगको मात्र कुल व्यापार घाटा आठ खर्ब ९३ अर्ब ५० करोड बराबर छ।
नेपालको अर्को छिमेकी चीनसँग दुई खर्ब ९६ अर्ब १८ करोड ६० लाख बराबर व्यापार घाटा छ। चीनबाट दुई खर्ब ९८ अर्ब ७७ करोड बराबरको वस्तु आयात हुँदा २५ अर्ब ८८ करोड बराबरको मात्रै निर्यात भएको हो। नेपालले बढी व्यापार घाटा व्यहोरेका मुलुकमा संयुक्त अरब इमिरेट्स तेस्रो, युक्रेन चौथो र मलेसिया पाँचौं स्थानमा छ।
व्यापार नाफाको अवस्था हेर्दा नेपालले डेनमार्कसँगको व्यापारमा सबैभन्दा बढी नाफा देखिएको छ। गत आवमा नेपालले डेनमार्कबाट ३५ करोड ४५ लाख बराबरको वस्तु आयात गर्दा ८२ करोड २१ लाख बराबरको निर्यात गरेको छ। जसबाट ४६ करोड ७५ लाख व्यापार नाफा देखिएको हो।
बढी व्यापार नाफा देखिएका मुलुकमा अफगानिस्तान दोस्रो स्थानमा छ। गत आवमा नेपालले अफगानिस्तानबाट दुई करोड ७६ लाख बराबरको वस्तु आयात गर्दा ४९ करोड ३६ लाख बराबरको निर्यात गरेको छ। जसबाट अफगानिस्तानसँग ४६ करोड ६० लाख बराबरको व्यापार नाफा भएको छ।
गत आवमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात भएको छ। विभागको तथ्यांकअनुसार गत आवमा एक खर्ब ४३ अर्ब ९७ करोड ६९ लाख बराबरको डिजेल, ६८ अर्ब १० करोड २० लाखको पेट्रोल र ५५ अर्ब ६१ करोड ८४ लाख बराबरको एलपी ग्यास आयात भएको छ। ३९ अर्ब तीन करोड ४३ लाख बराबरको फलामजन्य वस्तु आयात भएको छ। स्मार्ट फोन मात्र २८ अर्ब ६६ करोड ६२ लाख बराबरको आयात भएको छ।
त्यस्तै, २३ अर्ब ६५ करोड ३९ लाख बराबरको सुन आयात भएको छ। नेपालले बढी निर्यात गरेका वस्तुमा कार्पेट, अलैँची, फलाम तथा स्टिलजन्य, जुसलगायत वस्तु छन्।
गत आवमा नेपालले सबैभन्दा धेरै १० अर्ब ५७ करोड २४ लाख बराबरको कार्पेट र सात अर्ब ९३ करोड ८१ लाख बराबरको अलैंची निर्यात गरेको छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

नेप्से परिसूचकमा पहिरो, १४५ अंकको गिरावट

नेप्से परिसूचक ४० अंकले बढ्यो, करिब २२ अर्बको कारोबार

विश्वका पर्यटकलाई नेपाल भ्रमण गर्न प्रधानमन्त्रीको आग्रह

सुनको मूल्य हालसम्मकै उच्च, डेढ लाख पुग्यो

तोलामा १ हजार ६ सयले बढ्यो सुन मूल्य

सुन मूल्य तोलामै १८०० रुपैयाँले बढ्यो

नेप्सेमा हरियाली, ६४ अंकले बढ्दा करिब २२ अर्बको कारोबार

प्राधिकरणद्वारा गत आवमा करिब १७ अर्बको बिजुली निर्यात

लगानी बोर्डद्वारा ९ परियोजनाका लागि पौने ३ खर्ब लगानी स्वीकृत

नेपाल सहकारी वित्तीय संस्था समस्याग्रस्त घोषण

एकै दिन प्रतितोला २४०० रुपैयाँले घट्यो सुन

पूर्वमन्त्री महतोले घुस दिएको घटना छानबिन गर्न समिति गठन

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL