अर्थ बाणिज्य / समाज Wednesday, 26 Jun, 2024
Prestige Media

इजरायलका लागि ८०० केयर गिभरको आवेदन माग

काठमाडौं– वैदेशिक रोजगार विभागले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न सहायक कामदार ९केयर गिभर० का लागि आवेदन मागेको छ। विभागले इजरायल रोजगारीमा जान चाहने ८०० केयर गिभरका लागि आवेदन खुलाएको हो। सूचना प्रकाशित मितिले २१ दिनभित्र अनलाइनमार्फत आवेदन दिन सकिने विभागजे जनाएको छ।
केयर गिभरमा इजराजय जान चाहने २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको, कम्तीमा १।५ मिटर उचाइ र ४५ किलोग्राम तौल भएको, १० कक्षा उत्तीर्ण गरी अनमी वा सीएमए विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा प्लस टु वा सोसरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्नेछ।
सरकारी मान्यताप्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभरसम्बन्धी तीन महिनाको तालिम प्राप्त गरेको हुनुपर्नेछ। विगतमा इजरायल गई काम नगरेको, बाबुआमा, पतिपत्नी, छोराछोरी इजरायलमा बसोबास नगरेको वा कार्यरत नरहेको, शारीरिक र मानसिक रुपमा स्वस्थ रहेको हुनुपर्ने योग्यता तोकिएको छ।
आवेदन मागिएका ८०० मध्ये ५०० मुख्य उम्मेदवार र ३०० जना वैकल्पिक उम्मेदवार हुने विभागको सूचनामा उल्लेख छ। ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष हुनुपर्नेछ। नेपालबाट केयरगिभरका लागि इजरायज रोजगारीमा जानेले २ लाख १० हजार रुपैयाँ तलब बुझ्नेछन्।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL