ज्योतिश बास्तु तथा धर्म Thursday, 31 Aug, 2023
Prestige Media

देशैभर जनैपूर्णिमा पर्वको हर्षोल्लास

काठमाडौं–प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवित एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ। तिथिमिति घटबढका कारण जनैपूर्णिमा पर्व भदौमा सरेको हो। देशैभरका तागाधारीले नवयज्ञोपवित (जनै) धारण गरेर जनैपूर्णिमा (ऋषि तर्पणी) मनाउने गर्छन्।

पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्ने र गुरु पुरोहितबाट नयाँ जनै र हातमा रक्षाबन्धन बाँध्छन्। गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै धारण गर्न अघिल्लो दिन केश मुण्डन गरी एक छाक मात्र शुद्ध भोजन गरेर बस्ने परम्परा पनि छ।

यसरी जनै र रक्षाबन्धन धारण गरे नकारात्मक तवबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ। दिक गुरु परम्पराअनुसार यज्ञोपवित अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ। रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर अन्य मठमन्दिर तथा नदीको किनारमा भक्तजनको भीड लागेको छ।

जनैपूर्णिमाका दिन क्वाँटी खाने चलन समाजमा रहेको छ। यस दिन खाइने क्वाँटी बनाउन विभिन्न किसिमका गेडागुडी मिसाई एकादशीकै दिन भिजाउने चलन रहेको छ। टुसा उम्रिएको क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने आयुर्वेदिक मान्यता छ।

यस वर्ष तिथि घटबढका कारण बुधबार वा बिहीबार कुन दिन जनै धारण गर्ने भन्ने अन्योल देखिएको छ। कतिपयले बुधबार नै नयाँ जनै धारण गरेका छन्। नेपाल पञ्चांग निर्णायक विकास समितिले विज्ञप्ति जारी गर्दै १४ भदौमै ऋषितर्पणी, रक्षाबन्धन र गाईजात्रा पर्व मनाउन मिल्ने स्पष्ट पारेको छ। आज पूर्णिमासँगै भद्रा पनि रहेको र त्यो रातको ९ बजेसम्म नै रहने भएकाले १४ भदौमै जनै धारण गर्नु उपयुक्त हुने जनाएको छ।
आजकै दिन काठमाडौं उपत्यका र अन्य विभिन्न स्थानमा मनाइँदै आएको सांस्कृतिक पर्व गाईजात्रा पनि यस वर्ष बिहीबार नै परेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ। तर उपत्यकाबाहिरका विभिन्न स्थानमा भने गाईजात्रा भोलि मनाइने घोषणा गरिएको छ। काठमाडौं महानगरमा पनि भोलि गाईजात्राको सार्वजनिक बिदा दिइएको छ।

विशेषगरी नेवार समुदायमा आफ्ना दिवंगत आत्माको चिरशान्तिका लागि मृत्यु भएका घरघरबाट गाईको स्वरुप निकालेर परिक्रम गराउने चलन छ। नेवारी भाषामा यो पर्वलाई सापारु भनिन्छ। ‘सा’ को अर्थ गाई र ‘पारु’ को अर्थ प्रतिपदा तिथि हो, जुन दिन यो चाड मनाइन्छ।
नेपालका पहाडी क्षेत्रमा डोरो बाँध्ने चलन छ भने तराई क्षेत्रमा दिदीबहिनीले दाजुभाइलाई दीर्घायुको कामना गर्दै राखी बाँधिदिने चलन छ। यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेमसम्बन्ध प्रगाढ हुने विश्वास समाजमा रहेको छ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL