ज्योतिश बास्तु तथा धर्म Wednesday, 30 Aug, 2023
Prestige Media

तपोभूमि टापुधाममा १२ लाख शिवलिंग स्थापना

पाल्पा– शालिग्राम शिला क्षेत्रका रूपमा परिचित टापुधाम क्षेत्रमा १२ लाख १२ हजार ८ सय ८८ शिवलिंग स्थापना गरिएको छ। कालीगण्डकी नदीको तटमा अवस्थित पाल्पा रामपुर नगरपालिका–१ स्थित टापुधाम क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्न शिवलिंग स्थापना गरिएको हो।

यसअघि शिव पञ्चायन मन्दिर तथा शालिग्राम संग्रहालय स्थापना गरिएको तपोभूमि टापुधाममा माटोबाट बनेको १२ लाख १२ हजार आठ सय ८८ शिवलिंग आठ फिट लम्बाइ, आठ फिट चौडाइ र आठ फिट गहिराइको खाल्डोमा राखेर साना शिवलिंगको माथिल्लो भागमा शिलाबाट बनेको पञ्चमुखी शिवलिंग स्थापना गरिएको समितिका संयोजक तथा वडाध्यक्ष कपिलबहादुर खाणले बताए।

अखण्ड नेपाल निर्माणको संकल्पसहित विभिन्न स्थानमा तीन करोड शिवलिंग स्थापना गर्ने अभियानमा सक्रिय धार्मिक अभियन्ता योगिनी श्री उदयनाथ (शान्तिराज्यलक्ष्मी शाह) र योगी अक्षर ब्रह्म (अग्निशमशेरप्रताप शाह)को संकल्पअनुसार वैदिक विधि पूरा गरी प्राण प्रतिष्ठासहित शिवलिंक स्थापना गरिएको छ।

रामपुर नगरपालिका प्रमुख रमणबहादुर थापाले धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्त्वका रूपमा रहेको कालीगण्डकी नदी, यहाँ पाइने शालिग्राम शिलाको संरक्षण, धार्मिक प्रवद्र्धनका लागि टापुधाम क्षेत्र उत्कृष्ट पर्यटकीय गन्तव्य स्थलका रूपमा विकास गर्दै जाने बताए।
‘कालीगण्डकी नदीसँग जोडिएको टापुधाम क्षेत्र धार्मिक पर्यटनका लागि अत्यन्तै सम्भावना बोकेको छ। कालीगण्डकी करिडोर सडक खण्ड यसकै आडमा रहेकाले आन्तरिक मात्र नभई बाह्य पर्यटक भित्र्याउन आवश्यक पूर्वाधार विकासका काममा जोड दिनेछौँ’, नगरप्रमुख थापाले भने।

नेपाललाई अखण्ड राख्न संकल्पका साथ विगत चार वर्षदेखि तीन करोड शिवलिंग स्थापना गर्ने अभियान सञ्चालन गर्दै आइरहेको धार्मिक अभियान्ता योगी अक्षर ब्रह्म अग्निशमशेरप्रताप शाह बताउँछन्।

अबदेखि टापुधाममा शिवलिंग स्थापनासँगै भगवान् शिवको प्रसादका रूपमा रहेको विशेष विधिअनुसार तयार गरिने रोट मन्दिरमा चढाउने व्यवस्था गरिने समितिले जनाएको छ।

टापुधाममा नेपाल पर्यटन बोर्ड र रामपुर नगरपालिकाको सहकार्यमा शालिग्राम संग्रहालय स्थापना गरिएको छ। विश्वमै शालिग्राम पाइने एक मात्र नदी कालीगण्डकी तटमा अवस्थित यो क्षेत्रलाई रामपुर नगरपालिकाले शालिग्राम गृह बनाएर संकलन तथा संरक्षण गरेर राखेको छ।
कालीगण्डकी नदीको तटमा रहेको टापुधाम, रामघाट, उत्तरवाहिनीलगायतका विभिन्न क्षेत्रमा शालिग्राम संकलन गरेर राखिएको छ। चारवटै वेदमा शालिग्राम भगवान्को अंश भएको उल्लेख हुनुले आदिकालदेखि नै शालिग्रामको उत्पत्ति, महत्त्व र प्रचारसमेत देखिन्छ। शालिग्राम भगवान्को अवतार हो भन्ने जनविश्वास रहेकाले यसलाई भगवान्कै रुपमा पुज्ने गरिन्छ।–रासस

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL