ज्योतिश बास्तु तथा धर्म Wednesday, 30 Aug, 2023
Prestige Media

जनै पूर्णिमा अवसरमा सार्वजनिक बिदा

काठमाडौ– सरकारले जनै पूर्णिमा अवसरमा बिहीबार सार्वजनिक बिदा दिने भएको छ । हिन्दु धर्मावलम्बीको पर्व जनै पूर्णिमा अवसरमा भदौ १४ गते बिहीबार सरकारले सार्वजनिक बिदा दिने भएको हो ।

गृह मन्त्रालयले पर्व बिदाअन्र्तगत भदौ १४ गते रक्षा बन्धन तथा जनै पूर्णिमाको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

भाइ र बहिनीबीचको अटुट प्रेमलाई दर्शाउने पर्व हो, रक्षाबन्धन। रक्षाबन्धन शब्दमा दुई वटा शब्द जोडिएको छ, ‘रक्षा र बन्धन’। रक्षाको अर्थ भाइले बहिनीको रक्षा गर्ने वाचा दिन्छ भने बन्धन, जसले भाइबहिनीको सम्बन्धमा अझ बढी माया, स्नेह, सामिप्य र प्रेम ल्याउँछ।

शास्त्रीय मान्यताअनुसार तागाधारी (ब्राह्मण, क्षेत्री, वैश्य) ले वर्ष दिन वेद पढ्नुपर्ने र त्यसको सांगे (समाप्ति) को दिनका रुपमा जनै पूर्णिमालाई लिइन्छ। यस दिन स्नान गरी सप्तऋषिसहित ब्रह्मा, विष्णु र महेश्वरको पूजा गरी जनै मन्तरेर त्यसलाई धारण गर्ने प्रचलन छ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL