अर्थ बाणिज्य / समाज
Monday, 22 Feb, 2021
रक्तदान कार्यक्रम सम्पन्न
कागेश्वोरी मनोहरा नगरपालिका वडा न. ७ काठमान्डौमा बिगत केही बर्ष देखी सकृय रुपमा आफना समाजिक कार्यलाई अगाडि बढाउदै आइरहेको संस्था पुर्बी उपत्यका मोबाइल इलक्ट्रोनिक संघको अगुवाइमा गत शनिवार मनोहरा बिरेन्द्र चोकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
पुर्बी उपत्यका मोबाइल इलक्ट्रोनिक संघ,अनमोल बचत तथा रिण सहकारी संस्था लि।,लाइन्स क्लब अफ युनाइटेड फ्रेन्ड्स ,लाइन्स क्लब अफ काठ्मान्डौ पुर्वी उपत्यका फ्रेन्डस ,लियो क्लब अफ काठमान्डौ फ्रेन्डस सयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कोरोनाभाइरस (कोभिड–१९) को कारण लामो समय लकडाउनको भएको कारण रक्तबैंकमा रगतको अभाव भई बिरामीहरुलाई समस्या परेको हुँदा
पुर्बी उपत्यका मोबाइल इलक्ट्रोनिक संघको अगुवाइमा रक्तदान कार्यक्रम संचालन गरिएको हो ।







