अर्थ बाणिज्य / समाज Sunday, 24 Apr, 2016
Prestige Media

धुर्मुस–सुन्तलीले गरे दोस्रो एकीकृत बस्तीको शिल्यान्यास

काठमाडौं–हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले दोश्रो एकिकृत बस्तीको शिल्यान्यास गरेका छन् । भूकम्प गएको ठ्याक्कै एक वर्ष पुगेको दिन आज बिहान ११ बजेर ५६ मिनेटमा उनीहरुले मेलम्ची ८, गिरानचौरमा दोश्रो एकिकृत बस्तीको शिल्यान्यास गरेका हुन् । बस्ती निर्माणको काम थालनीस्वरुप गिरानचौर एकिकृत बस्तीमा सामूदायिक भवनको जग शिल्यान्यास गरिएको हो । यस अघि विभिन्न व्यक्ति, संघ संस्थाको सहयोगमा धुर्मुस सुन्तलीले काभ्रेको डाँडा गाउँमा पहिलो एकिकृत नमुना बस्ती बनाएका थिए । गिरानचौरमा रहेका ६५ परिवारका लागि करीब ६ महिना भित्र एक घर, एक धारो, एक चर्पी, एक बगैँचालगायतका संरचना निर्माण गरेर हस्तान्तरण गर्ने फाउण्डेशनको लक्ष्य छ । गिरानचौर एकिकृत बस्तीलाई बालमैत्री, वातावरणमैत्री र पर्यटकीय पनि बनाइने फाउण्डेशनले जनाएको छ । पुनर्निर्माणमा ढिलाइ भइरहेकाले सरकारलाई सघाउने उद्देश्यले नयाँ नमुना बस्ती बनाउने अभियानमा लागेको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बताएका छन् । धन नभए पनि ठूलो मन लिएर बस्तीको शिल्यान्यास गरेको बताउँदै उनले सहयोगी हातहरुको खाँचो रहेको औँल्याएका छन् । गिरानचौर एकिकृत बस्ती निर्माणको काम थालनी गदै गर्दा उनले पहिलो एकिकृत बस्ती बसाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संस्थाहरुलाई पनि धन्यवाद दिएका छन् । देश विदेशबाट सहयोग गर्ने केहि प्रतिबद्धताहरु आउन थालेकोमा खुशि व्यक्त गर्दै उनले त्यीनै प्रतिबद्धताका कारण काम गर्ने आँट पलाएको जनाएका छन् । साढे तीन करोड अनुमानीत लागत रहेको यो बस्ती निर्माणको थालनी गर्दा अहिले फाउण्डेशनको खातामा जम्मा १ लाख ७४ हजार रुपैँया मात्र रहेको फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले बताएकी छिन् । मनदेखि आँटेको काम पुरा गर्न मनकारी मान्छे, संघसंस्थाहरु भेटिने आशामा गिरानचौर एकिकृत बस्ती बसाउन आफूहरु अघि सरेको उनको भनाई छ । सामाजिक काम गर्न पाउँदाको खुशि अन्य कुनै पनि कामबाट प्राप्त हुन नसक्ने भएकाले ६५ परिवार भूकम्प पिडितको दुख कम गर्न लागि परेको उनी बताउँछिन् । भूकम्प पिडितको घाउमा मल्हम लगाउने यस अभियानमा साथ दिन उनले सबैमा अपिल गरेकी छिन् । आर्थिक रुपमा सहयोग गर्न नसक्नेहरुले श्रमदान मार्फत पनि बस्ती निर्माणमा सहयोग गर्न सकिने फाउण्डेशनले जनाएको छ । – See more at: http://www.ratopati.com/news/45655/#sthash.GltjfjL2.dpuf

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL