आजको पत्रपत्रीकाबाट Sunday, 17 Dec, 2017
Prestige Media

फोरम-राजपाको ध्यान सरकारमा

 

काठमाडौं : प्रदेश २ को प्रदेशसभामा पूर्ण बहुमत ल्याएका संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालको अर्को साता बस्ने बैठकले प्रदेस सरकार प्रमुख र सरकारको कार्य योजनालगायत विभिन्न विषयमा निर्णय गर्ने भएको छ ।मंसिर १० र २१ गते भएको चुनावमा देशभर प्रतिनिधिसभामा २१ र प्रदेशसभामा ४० सिट जितेको संघीय फोरम-राजपा गठबन्धनले दुवै संसदको समानुपातिक निर्वाचनमा पनि राम्रो मत ल्याएका छन् । प्रदेशसभातर्फ समानुपातिक मतपरिणाम अनुसार राजपाले १० र फोरमले १० सिट पाउने भएका छन् ।

निर्वाचन आयोगका अनुसार शनिबार रातिसम्म समानुपातिकतर्फ संघीय फोरमले ४ लाख ६८ हजार ३ सय ९९ र राजपाले ४ लाख ६८ हजार ३ सय ४६ मत पाएका छन् । प्रदेस २ मा प्रतिनिधिसभा तर्फ ३२, प्रदेससभाको प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ४३ सिट गरी कूल १ सय ७ सिट छन् । यसमध्ये राजपा र संघीय फोरमले प्रदेशसभामा ३५ सिट जितेको र दुवैले समानुपातिक तर्फ १९ सिट पाउँदा कूल ५४ सिट हुनेछ । १ सय ७ मा ५४ सिट गठबन्धनले पाउँदा सरकार गठन गर्न सहज भएको संघीय फोरम-राजपा नेता बताउँछन् ।

राजपा अध्यक्ष मण्डलका नेता महेन्द्रराय यादवले प्रदेस २ को सरकार र कार्ययोजना तयार पार्न अनौपचारिक गृहकार्य थालिसकेको बताए । उनले भने, ‘प्रदेश २ को सरकार गठन गर्न हामीले बहुमत ल्याईसकेका छौं ।’ प्रतिनिधिसभा, प्रदेशसभा प्रत्यक्ष र समानुपातिक मत परिणाममा शनिबार सांँझसम्म अगाडि रहेको एमालेसँग मधेसको सम्बन्ध कस्तो हुन्छ भन्ने जिज्ञासामा यादवले भने, ‘मधेस आन्दोलनका मुद्दा सम्बोधन हुने गरी संविधान संशोधन गर्न एमाले तयार भए सकारात्मक अन्यथा यथास्थितिमै रहन्छ ।’

एमाले नेतृत्वमा बन्ने सरकार मधेसका मुद्दामा लचकदार नभए ठूलै मूल्य चुकाउनु पर्ने चेतावनी पनि उनले दिए । प्रदेश २ को सरकार संघीय फोरम-राजपा गठबन्धनको नेतृत्वमा गठन हुने जानकारी एमालेलाई भएकाले सिंगो मुलुकको एकताका लागि पनि मधेस र मधेसीका मागप्रति एमालेको दृष्टिकोणमा परिवर्तन हुने विश्वास आफ्नो रहेको उनले बताए । यादवले भने, ‘एकाध व्यक्तिलाई चुनाव जित्न सहज भूमिका खेलेको हिसाबमा एमाले मधेसी गठबन्धनसँग लचिलो भएको म स्वीकार गर्दिनँ ।’ स्मरणीय छ, धनुषा ३ बाट राजपा उम्मेदवार राजेन्द्र महतोलाई जिताउन एमाले अत्यन्त लचिलो भएको थियो ।

राजपाका अर्का नेता लक्ष्मणलाल कर्णले प्रदेश २ को सरकार गठन र मधेसका मुद्दाको सम्बोधन हुने संविधान संशोधनलाई आफूहरूले पहिलो प्राथमिकता दिएको बताए । ‘एमालेको भावी सरकारले अब सिंगो राष्ट्र, जनता र भूभाग समेट्नै पर्छ, अन्यथा उसको राजनीतिक भविष्य कांग्रेसको जस्तै हुनेछ’ कर्णले चेतावनी दिए । एमाले चुनावमा मधेस गठबन्धनप्रति कुनै पनि क्षेत्र र नेताका लागि लचिलो नभएको दाबी कर्णले गरे । वामपन्थी गठबन्धन नै संघीय फोरम-राजपाका लागि कठिन रहेको ताजा जनादेशले देखाएको उनले बताए । उनले भने, ‘अर्को साता फोरम र हाम्रो विशेष बैठक बस्दैछ । बैठकले मधेसको भविष्य र केन्द्रका प्रमुख दलसँगको सम्बन्धका आधार र प्रक्रिया पनि तय गर्नेछ ।’

संघीय फोरमका कोषाध्यक्ष विजय यादवले मधेसीको जनमत पार्टीले पाउनुुको अर्थ ०६२÷०६३ को आन्दोलन तथा त्यसका १६ बुँंदे माग, संविधान जारी भएपछिको १३ महिने आन्दोलन र सातमहिने नाकाबन्दीका बेला तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल र वर्तमान सरकारसँग भएको तीनबुँदे सहमतिको कार्यान्वयन हुनुपर्ने नै भएको बताए । उनले भने, ‘मधेसी गठबन्धनको जितको अर्थ प्रदेशतर्फ आफ्नो नेतृत्वको सरकार गठन र केन्द्रमा संविधान संशोधन नै हो ।’ एमाले नेतृत्वमा गठन हुने सरकारले जस्तो रणनीति मधेसी पार्टीप्रति लिन्छ, त्यसकै आधारमा सरकारसँग सम्बन्ध तय हुने धारणा उनले राखे । यादवले भने, ‘फोरम र राजपा दुवै आफ्नै मुद्दा र कार्यक्रम लिएर जनतासामु गएका हुन् । एमाले, कांग्रेस, माओवादी कसैको सहयोग र समर्थनमा होइन ।’

source : annapurnapost

 

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बादल लक्षित गरी सुरेन्द्र पाण्डेले भने– षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सपथ

दक्षिण कोरियाको जेलमा रहेका पूर्व राष्ट्रपति युनकी पत्नी पक्राउ

सप्तकोशीका २८ ढोका खोलियो

सदनमा बहुविवाह बहस

नेप्सेमा उच्च अंकको गिरावट

अमेरिकाद्वारा रुसविरुद्ध परमाणु पनडुब्बी तैनाथ

यात्रु अभावले पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल संचालनमा समस्या: मन्त्री पाण्डे

पहिरोले बिपी राजमार्गमा बारम्बार यातायात अवरुद्ध

नबिल बैङ्क बयालिसौँ वर्षमा

नेपालका प्रधानमन्त्री ओली र स्पेनका प्रधानमन्त्री साञ्चेजबीच भेटवार्ता

सडकका खाल्टा खुल्टी तत्काल टाल्न स्थानीय प्रशासनको निर्देशन

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL