आजको पत्रपत्रीकाबाट Monday, 4 Dec, 2017
Prestige Media

बाँदरमुढेपीडित फकाउँदै ओली-दाहाल

माडी (चितवन) : एमाले अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी पदका लागि वाम एकता केन्द्रित नभएको बताएका छन्। स्थिरता कायम गरी देशलाई समृद्धिमा लैजान एमाले र माओवादी केन्द्र मिलेको उनको भनाइ छ।

चितवनको माडीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेतृत्वका लागि नभई देश विकास, लोकतन्त्र र जनताको व्यवस्थापनका लागि एकता गरेको बताए। ‘मलाई पत्रकारले पार्टीको प्रमुख को बन्छ भन्दै सोध्छन्’, उनले भने, ‘अध्यक्ष बन्नकै लागि भए अहिले नै अध्यक्ष छौं, किन मिल्नुपथ्र्यो र ? हामी विचार मिल्नेहरू देशलाई समृद्धिमा लैजाने संकल्प गरेर अघि बढेका छौं।’

उनले पुराना कुरालाई बिर्सिएर नयाँ उद्देश्यका साथ अघि बढ्नुपर्ने बताए। द्वन्द्वकालमा भएको बाँदरमुढे घटना दुःखद् भएको उल्लेख गर्दै उक्त घटनालाई मात्रै सम्झिएर अलमलिन नहुने धारणा व्यक्त गरे। ‘माओवादीले जनयुद्ध गर्दा म त्यसको विरुद्धमा थिएँ’, उनले भने, ‘अब तर त्यही कुरा मात्रै सम्झिएर अलमलिने होइन, विकासमा लम्किनुपर्छ।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पक्षमा भोट मागिदिनका लागि ओली माडी आएका हुन्। उनी चुनावी सभालाई सम्बोधन गर्नेबित्तिकै फर्किएका थिए। माओवादी केन्द्रका अध्यक्ष दाहालले आफ्नो उम्मेदवारीले देशको ध्यान तानेको बताए। ‘मेरो उम्मेदवारीले गर्दा राष्ट्रिय रूपमा सबैको ध्यान माडीमा छ’, उनले भने, ‘विकासको लहरले माडीलाई मणि बनाउने मेरो सपना हो।’। संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरी नयाँ संविधान ल्याउनु १० वर्षे सशस्त्र द्वन्द्वको उपलब्धि भएको दाबी गर्दै उनले द्वन्द्वको सबैभन्दा ठूलो गल्तीका रूपमा बाँदरमुढे घटना रहेको बताए। बाँदरमुढे घटनाको बहानामा राजनीति गर्न खोजेको उनको गुनासो थियो।

तस्बिर सामाजिक सञ्जालबाट

‘बाँदरमुढे घटनाको बहानामा राजनीति गर्न नखोजिएको होइन’, उनले भने, ‘वाम गठबन्धनको सरकार बनेपछि क्षतिपूर्ति र राहतको प्याकेज दिने प्रतिबद्धता पूरा गरेरै छाड्छु।’ दाहाल चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन्। उनले बाँदरमुढेका केही पीडितसँग भेटी घाइतेको उपचार खर्च बेहोर्ने, मृतकका परिवारलाई क्षतिपूर्ति दिने प्रतिबद्धता जनाएका छन्। माडी नगरपालिकाको कार्यालयमा माओवादी केन्द्रका तर्फबाट दाहाल र पाँच जना पीडितले प्रतिबद्धतापत्रमा हस्ताक्षरसमेत गरेका थिए।

source ; annapurnapost

 

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बादल लक्षित गरी सुरेन्द्र पाण्डेले भने– षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सपथ

दक्षिण कोरियाको जेलमा रहेका पूर्व राष्ट्रपति युनकी पत्नी पक्राउ

सप्तकोशीका २८ ढोका खोलियो

सदनमा बहुविवाह बहस

नेप्सेमा उच्च अंकको गिरावट

अमेरिकाद्वारा रुसविरुद्ध परमाणु पनडुब्बी तैनाथ

यात्रु अभावले पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल संचालनमा समस्या: मन्त्री पाण्डे

पहिरोले बिपी राजमार्गमा बारम्बार यातायात अवरुद्ध

नबिल बैङ्क बयालिसौँ वर्षमा

नेपालका प्रधानमन्त्री ओली र स्पेनका प्रधानमन्त्री साञ्चेजबीच भेटवार्ता

सडकका खाल्टा खुल्टी तत्काल टाल्न स्थानीय प्रशासनको निर्देशन

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL