आजको पत्रपत्रीकाबाट Friday, 17 Nov, 2017
Prestige Media

चुनावका लागि घर किनिन् आरजुले

मंसिर १, २०७४-कैलाली जिल्लामा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवा सबभन्दा चर्चित उम्मेदवार बनेकी छन् । विपक्षीले ‘टुरिस्ट’ उम्मेदवारको संज्ञा दिएपछि प्रचारकै क्रममा धनगढीमा ३ करोड रुपैयाँको घर किनेका कारण उनी चर्चित बनेकी हुन् ।

‘स्थानीयवासी उम्मेदवार’ हुन तत्काल घर किन्न सक्ने हैसियतकी ‘धनाढ्य’ एवं हेभिवेट उम्मेदवार आरजुसित वाम गठबन्धनका तर्फबाट एमालेका सामान्य आर्थिक हैसियतका नारदमुनि रानाले कडा टक्कर दिइरहेका छन् । वाम गठबन्धनले आरजुलाई धनाढ्य र टुरिस्ट उम्मेदवारको संज्ञा दिँदै उनीविरुद्ध जबर्जस्त माहोल बनाउने प्रयत्न गरिरहेको छ । मत किनेर चुनाव जित्न आरजुले यो क्षेत्र रोजेको दाबी गठबन्धनको छ । कांग्रेसले भने आफ्ना क्षेत्रमा बढी विकास निर्माण कार्यक्रम ल्याउन सक्ने शिक्षित र बौद्धिक महिलालाई उम्मेदवार बनाएको उल्लेख गर्दै आरजुका पक्षमा माहोल बनाउन खोजिरहेको छ।

स्थानीयवासीबीच बढी भिज्नु नै रानाको सकारात्मक पक्ष बनेको छ । प्रधानमन्त्री पत्नी र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बढी पहुँच भएकाले विकास निर्माण ल्याउन सक्छिन् भन्ने विश्वास आरजुमाथि छ । यो आरजुको सकारात्मक पक्ष बनिरहेको छ । दुवै संविधानसभामा समानुपातिकतर्फबाट सभासद भएकी आरजु यसपटक प्रतिनिधिसभाको प्रत्यक्ष सिटमा उम्मेदवार भएकी हुन्, त्यो पनि प्रधानमन्त्री देउवाको ‘पकड क्षेत्र’ मा ।

देउवाले पत्नी आरजुलाई ७ नं. प्रदेशमा कांग्रेसका लागि सबभन्दा सुरक्षित मानिएको निर्वाचन क्षेत्रमा उम्मेदवार बनाएपछि पार्टीभित्र र बाहिर तरंग उत्पन्न भएको छ । देउवा यही क्षेत्रबाट पछिल्लो संविधानसभा सदस्यमा भारी मतले निर्वाचित भएका थिए ।

७ नं. प्रदेशमा स्थानीय तहको चुनावमा कांग्रेसले अपेक्षा गरेअनुरूपको परिणाम ल्याउन नसके पनि आरजुका क्षेत्रमा पर्ने धनगढी उपमहानगर र कैलाली गाउँपालिकाका दुइटा वडाध्ये एउटा कांग्रेसका विद्रोही उम्मेदवारले जितेका थिए भने अर्कोमा माओवादी केन्द्रले । विद्रोही वडाध्यक्षसमेत कांग्रेसमा फर्किइसकेका छन् । यो क्षेत्रमा स्थानीय तहमा कांग्रेस र वाम गठबन्धन (एमाले र माओवादी) ले ल्याएको कुल मत बराबर छ । राप्रपाले १ हजार हाराहारीमा मत ल्याएको थियो । राप्रपाले कांग्रेसलाई समर्थन गरेको छ । धनगढी उपमहानगरमा कांग्रेस निकट गोपी हमाल स्वतन्त्र उठेर निकटतम प्रतिस्पर्धी भएका थिए । उनले ११ हजारभन्दा बढी मत ल्याएका थिए, जसमा कांग्रेस समर्थकको मत बढी थियो । हमालले यसपटकको चुनावमा विवेकशील साझाको प्रदेश इन्चार्ज बनेर दिनेश भण्डारीलाई उम्मेदवार बनाएका छन् । यो क्षेत्रमा भण्डारीलाई समेत चर्चित उम्मेदवारका रूपमा हेरिएको छ ।

यस क्षेत्रमा एमालेबाट थारू नेता पूर्वसभासद राना उम्मेदवार छन् । यो क्षेत्रमा एक तिहाइभन्दा बढी थारू मत छ । क्षेत्रीय र जातीय आधारमा मत खस्ने यस क्षेत्रमा रानाले चुनाव जित्न थारू मत निर्णायक हुने दाबी एमालेको छ ।

थारू मतमध्ये ५० प्रतिशत आफूलाई आउने र बाँकी ५० प्रतिशत मत ‘बिकाउ’ रहेको राना बताउँछन् । उनी बिकाउ मत ‘धनाढय उम्मेदवार’ आरजुले तान्ने खतरा रहेको बताउँछन् । ‘मेरो चुनौती भनेकै बिकाउ मत हो,’ रानाले भने, ‘वाम गठबन्धनको बलियो सांगठनिक संरचना र यो क्षेत्रमा भिजेको सर्वसाधारण व्यक्ति हुँ । यही मेरो जित्ने आधार हो ।’ उनले आफूसँग भोट किन्ने पैसा नभए पनि आफूले सहजै जित्ने दाबी गरे ।

वाम गठबन्धनले चुनावकै क्रममा ३ करोड रुपैयाँको घर किन्ने पैसा आरजुसित कहाँबाट आयो, त्यो छानबिन हुनुपर्ने आवाज उठाइरहेको छ । कांग्रेसले भने घर किन्नु नैसर्गिक अधिकार भएको उल्लेख गर्दै यहाँ घर भएपछि अब आरजुलाई कसैले पनि टुरिस्ट उम्मेदवार भन्न नसक्ने दाबी गरेको छ । आरजु प्रचारप्रसार क्रममा आफ्नै नयाँ घरमा समेत बस्ने गरेकी छन् । ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख धर्मदेव भट्टले आरजुको उम्मेदवारी घोषणा गर्दा कांग्रेसभित्र तीव्र विरोध भएकाले सुरुमा निराशाजनक स्थिति भए पनि पछिल्लो समयमा उनका पक्षमा पार्टीभित्र र बाहिर सकारात्मक वातावरण बनिरहेको बताए । उनका अनुसार टिकटको दाबेदार रहेका कांग्रेसका स्थानीय नेता सुरुमा रुष्ट थिए । देउवाले सम्झाएपछि उनीहरू सकारात्मक हुँदै आरजुका पक्षमा प्रचारमा हिंड्न थालेका छन् । कांग्रेसका स्थानीय नेता नृप वडले आरजु यहाँका जनताका लागि नयाँ भए पनि उनले घरघरमा गएर प्रचार सुरु गरेपछि पार्टीका सबै नेता तथा कार्यकर्ताले सहयोग गर्न थालेको र त्यो नै जितको आधार बनेको दाबी गरे ।

भट्टका अनुसार रानाप्रति पनि वाम गठबन्धनभित्र कुनै विरोध छैन । उनका अनुसार यहाँका स्थानीयवासीमा आरजुसँग भेट्न र कुरासमेत गर्न नपाइने उम्मेदवारलाई किन भोट दिने भन्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहुँच भएकाले विकास निर्माणका कार्यक्रम बढी ल्याउन सक्छिन् भन्ने सकारात्मक र नकारात्मक दुवै धारणा छ । देउवा र उनीपछाडि उपचुनावमा चुनाव जित्दा गरेका प्रतिबद्धता पूरा गर्नु आरजुका लागि चुनौती बनेको छ । उनले जिल्लाको गौरीफन्टा नाकालाई व्यवस्थित गरी मुलुककै ठूलो नाका र धनगढीलाई व्यापारिक हब बनाउने, धनगढी विमानस्थललाई भैरहवाजस्तै अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रमुख एजेन्डा अघि सारेकी छन् । आरजुले ७ नं प्रदेशको राजधानी धनगढीलाई बनाउने मुद्दासमेत अघि सारेकी छन् । वाम गठबन्धनले समेत यिनै मुद्दालाई चुनावी एजेन्डा बनाएको छ ।

कांग्रेसले अघिल्लो संविधानसभा सदस्य हुँदा राना रातो पासपोर्ट बिक्री काण्डमा मुछिएको उल्लेख गर्दै विवादास्पद छविका नेतालाई भोट नदिन जनतामाझ मुद्दा बनाइरहेको छ । एमालेले भने अख्तियारबाट रानाले रातो पासपोर्ट प्रकरणमा सफाइ पाइसकेको उल्लेख गर्दै कांग्रेसको गलत प्रचारले जनता दिग्भ्रमित नहुने विश्वास व्यक्त गरेको छ ।

source; kantipur

 

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बादल लक्षित गरी सुरेन्द्र पाण्डेले भने– षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सपथ

दक्षिण कोरियाको जेलमा रहेका पूर्व राष्ट्रपति युनकी पत्नी पक्राउ

सप्तकोशीका २८ ढोका खोलियो

सदनमा बहुविवाह बहस

नेप्सेमा उच्च अंकको गिरावट

अमेरिकाद्वारा रुसविरुद्ध परमाणु पनडुब्बी तैनाथ

यात्रु अभावले पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल संचालनमा समस्या: मन्त्री पाण्डे

पहिरोले बिपी राजमार्गमा बारम्बार यातायात अवरुद्ध

नबिल बैङ्क बयालिसौँ वर्षमा

नेपालका प्रधानमन्त्री ओली र स्पेनका प्रधानमन्त्री साञ्चेजबीच भेटवार्ता

सडकका खाल्टा खुल्टी तत्काल टाल्न स्थानीय प्रशासनको निर्देशन

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL