आजको पत्रपत्रीकाबाट Thursday, 9 Nov, 2017
Prestige Media

नेपाल मलेसियामा श्रमिक पठाउने दोश्रो ठूलो देश

कार्तिक २३, २०७४-नेपाली कामदारका लागि प्रमुख गन्तव्य रहंदै आएको नेपाल मलेसियाका लागि दोश्रो ठूलो श्रमिक स्रोत मुलुकका रुपमा रहेको छ । मलेसियामा सार्वजनिक गरिएको एक तथ्यांक अनुसार ३ लाख ८५ हजार तीनसय २० जना वैध नेपाली कामदारसहित नेपाल दोश्रो ठूलो श्रमिक स्रोत मुलुकका रुपमा देखिएको हो ।

करिब ५ लाखभन्दा बढी नेपालीहरु कार्यरत रहेको अनुमान गरिएको मलेसियामा अझै कयौं हजार नेपाली कामदार अवैध रुपमा कार्यरत रहेका छन् । मलेसियाका उत्पादन, निर्माण, सेवा र कृर्षि लगायत क्षेत्रमा नेपालीहरु कार्यरत छन् । यीमध्ये धेरैजसो उत्पादन निर्माण र सेवा क्षेत्रमा काम गर्छन् ।

केही अघिल्ला वर्षसम्म मलेसियालाई कामदार दिने संख्याका आधारमा बंगलादेश दोश्रो स्थानमा थियो भने नेपाल तेश्रो स्थानमा थियो । कामदार दिनेमा छिमेकी देश इण्डोनेसिया ७ लाख ७ हजार १ सय ८१ जनासहित पहिलो स्थानमा छ । मलेसियाका उप मानव संशाधनमन्त्री ईस्मायल अब्दुल मुत्तालिबले बुधबार प्रतिनिधि सभामा उक्त तथ्यांक सार्वजनिक गरेका हुन् ।

उक्त तथ्यांकअनुसार यहाँका विभिन्न रोजगारीका क्षेत्रमा वैध रुपमा कुल १७ लाख ३२ हजार ९ सय ४४ जना विदेशी कामदार कार्यरत रहेका छन् । मलेसियामा २ लाख २२ हजार आठसय ६८ बंगलादेशी, १ लाख २१ हजार ५० बर्मेली, १ लाख १३ हजार ६ सय २८ भारतीय, ५८ हजार नौसय ५७ पाकिस्तानी र ५५ हजार एकसय २० जना फिलीपिनो कामदारहरु वैध रुपमा कार्यरत छन् । त्यस्तै २६ हजार तीनसय ८७ भियतनामी, १७ हजार पाँचसय १६ चिनियाँ, १४ हजार छ सय ५० थाईल्याण्ड, पाँच हजार ६ सय १३ श्रीलंकाली, ४ हजार ६ सय २१ क्याम्बोडियाली, ३३ जना लाओतियन (लाओस) रहेका छन् ।

मलेसियालाई नेपालसहित विभिन्न १३ मुलुकले दक्ष, अर्धदक्ष र अदक्ष गरि विभिन्न श्रेणीका कामदार पठाउँदै आएका छन् तर तीमध्ये बहुसंख्यक साधारण कामदारहरु मलेसियाले लिंदै आएको छ ।

अघिल्लो वर्ष मलेसियाली मुद्रामा आएको गिरावटले नेपाली श्रमबजारमा सिथिलता देखिएपनि पछिल्लो समय खाडीका मुलुक खासगरी कतार र साउदीबीच उत्पन्न तनावपछि कयौं नेपाली मलेसिया आएका छन् ।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७२/७३ को तुलनामा मलेसिया आउने नेपालीको संख्या यसवर्ष करिब १० प्रतिशतले वृद्धि भएको देखिन्छ । आर्थिक वर्ष ०७३/७४ मा ९८ हजार ४ सय ३७ कामदार नयाँ श्रम स्वीकृति लिएर मलेसिया आएका छन् ।

source ;ekantipur

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बादल लक्षित गरी सुरेन्द्र पाण्डेले भने– षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सपथ

दक्षिण कोरियाको जेलमा रहेका पूर्व राष्ट्रपति युनकी पत्नी पक्राउ

सप्तकोशीका २८ ढोका खोलियो

सदनमा बहुविवाह बहस

नेप्सेमा उच्च अंकको गिरावट

अमेरिकाद्वारा रुसविरुद्ध परमाणु पनडुब्बी तैनाथ

यात्रु अभावले पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल संचालनमा समस्या: मन्त्री पाण्डे

पहिरोले बिपी राजमार्गमा बारम्बार यातायात अवरुद्ध

नबिल बैङ्क बयालिसौँ वर्षमा

नेपालका प्रधानमन्त्री ओली र स्पेनका प्रधानमन्त्री साञ्चेजबीच भेटवार्ता

सडकका खाल्टा खुल्टी तत्काल टाल्न स्थानीय प्रशासनको निर्देशन

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL