Breaking News Friday, 17 Jul, 2026
Prestige Media

वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गमा पहिरो, ढुङ्गा खस्ने तथा हिलोका कारण यातायात प्रभावित भएको छ।

नेपाल प्रहरीका अनुसार मकवानपुरको कान्तिलोकपथ भने पहिरो पन्छाएपछि आज बिहानदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ।

मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखास्थित कान्तिलोकपथ सडकखण्डमा बुधबार साँझ सडकमाथिबाट पहिरो खस्दा यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो।

काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने खुर्कोट–नेपालथोक–कटुन्जेबेँसीस्थित बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै बेलुका ६ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

मकवानपुरस्थित कान्तिलोकपथमा पनि वर्षायामको जोखिमका कारण बेलुका ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।

यसैबीच, इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग हिलो हुँदा पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त बाटोको वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।

अर्घाखाँचीको पाणिनि गाउँपालिका–२ सालझन्डी–ढोरपाटन सडकखण्डमा ढुङ्गा खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

त्यसैगरी, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलोस्थित अरनिको राजमार्ग पहिरोले अवरुद्ध भएको नेपाल प्रहरीले जनाउँदै सडक विभागलगायत निकायले अवरुद्ध सडक खुलाउने प्रयास जारी राखेका बताएको छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

आज साउने सङ्क्रान्ति पर्व

विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो

असुरक्षाका कारण सडकबाट ‘ब्याक’ भएका नगर प्रहरी फेरि फर्किँदै ड्युटीमा

लामो दुरीका सवारी साधन काठमाडौं उपत्यकामै होल्ड, सबै नाका बन्द

सुनसरीमा विद्युत् कार्यालयको भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु

अधिकांश स्थानमा वर्षा

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलालाई ब्रेन ट्युमर, भयो सफल शल्यक्रिया

गणेशकी श्रीमतीले काठमाडौँबाटै लिइन् नागरिकता

४ घन्टा लामो भेटघाटमा सुकुम्बासी समस्याबारे रवि लामिछानेले के भने प्रधानमन्त्री बालेनलाई?

बेलिंघमको दुई गोलमा नर्वेलाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश

कीर्तिपुरको होल्डिङ सेन्टरमा मध्यरातमा पस्यो बाढी

गणेश नेपालीको परिवारलाई काठमाडौं महानगरले मानवीय सहयोग, रोजगारी र नि:शुल्क शिक्षा दिने

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL