Breaking News Tuesday, 30 Jun, 2026
Prestige Media

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

चार पटकको विश्व विजेता जर्मनी २०२६ को विश्वकपबाट बाहिरिएको छ। निकै रोमान्चक र नाटकीय बनेको खेलमा पराग्वेले जर्मनीलाई पेनाल्टी सुटआउटमा ४-३ ले हराउँदै अन्तिम १६ मा स्थान बनाएको हो।

निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ३० मिनेटको अतिरिक्त समय १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो।

खेलको ४२औं मिनेटमा जुलियो एन्सिन्सोले हेडमार्फत गोल गर्दै पराग्वेलाई अप्रत्याशित अग्रता दिलाएका थिए।

दोस्रो हाफमा जर्मनीले सुधारिएको प्रदर्शन गर्‍यो। फ्लोरियान विर्ट्जको पासमा काइ हाभर्ट्जले हेडमार्फत गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए।

जर्मनीका जोनाथन टाहले अतिरिक्त समयमा गोल गरेका थिए, तर रेफ्रीले गोलकिपरमाथि फाउल भएको भन्दै त्यस गोललाई मान्यता दिएनन्।

पेनाल्टीमा जर्मनीको सुरुवात निकै खराब रह्यो। स्टार खेलाडी काइ हाभर्ट्ज र निक भोल्टेमाडे दुवैको प्रहार पराग्वेका गोलकिपर ओर्लान्डो गिलले बचाए।

जर्मनीका ४० वर्षीय भेट्रान गोलकिपर म्यानुएल नोयरले पनि पराग्वेका प्रहारहरू रोकेर जर्मनीलाई खेलमा फर्काउने कोसिस गरेका थिए। तर जर्मनीका जोनाथन टाहको प्रहार पोस्टभन्दा माथिबाट बाहिरिएपछि पराग्वेका जोसे क्यानालेले निर्णायक गोल गर्दै आफ्नो टोलीलाई अन्तिम १६ मा पुर्‍याए।

खेल सकिएपछि मैदानमा जर्मन खेलाडी र समर्थकहरू आँसुमा डुबेका थिए। यो जितलाई पराग्वेको फुटबल इतिहासकै सबैभन्दा ठूलो र गौरवपूर्ण नतिजा मानिएको छ।

अब पराग्वेले अन्तिम १६ मा फ्रान्स वा स्वीडेनमध्ये एकसँग सामना गर्नेछ। जर्मनीका लागि भने यो विश्वकप निकै निराशाजनक रुपमा अन्त्य भएको छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

२ करोडमा बनेको ‘हनुमान अंश’ले कमायो ४०० करोड

‘चामेका बासिन्दा कोही घरमा छैनन्, सरकारले वास्तै गरेको छैन’

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

पहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभिर र तिङग्राङखानीमा सडक अवरुद्ध

५२ बैंकका खाता प्रयोग गरी १ अर्ब ३ करोडको हुण्डी कारोबार, एक महिला पक्राउ

नेपाल जलवायुका सम्बन्धमा सबैले आफ्ना दायित्व पुरा गरुन् भन्ने चाहन्छ : प्रधानमन्त्री बालेन

‘अनलाइन गेम’ खेलाएको आरोपमा ४२ जना पक्राउ

रसुवा, नुवाकोट, धादिङ र गोरखाका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

पत्रकारहरूलाई ओलीले भने- प्रश्न सोध्नुअघि अनुमति लिनुपर्छ

सशस्त्र प्रहरीका सई हत्या प्रकरण : गोली प्रहार गरी मुख्य अभियुक्त पक्राउ

बझाङमा कुकुरलाई जिउँदै सेतीमा फाल्ने महिला पक्राउ

देशभर आज विश्वकर्मा पूजा मनाइँदै, मेसिनरी सामान र सवारीसाधनको विशेष पूजा

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL