Breaking News Friday, 22 May, 2026
Prestige Media

काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि, नेपालले भारतसँग खेल्दै

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाल कभर्डहलमा हुने च्याम्पियनसिपमा नेपालसहित सेन्ट्रल एसियाका ८ टोलीको सहभागिता छ । आज उद्घाटन समारोहसहित तीन खेल हुनेछ, जसमा घरेलु टोली नेपालले पहिलो खेलमै छिमेकी भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

 काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि काठमाडौंमा सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाल कभर्डहलमा हुने च्याम्पियनसिपमा नेपालसहित सेन्ट्रल एसियाका ८ टोलीको सहभागिता छ ।

पहिलो दिन आज उद्घाटन समारोहसहित तीन खेल हुनेछ । जसमा घरेलु टोली नेपालले पहिलो खेलमै छिमेकी भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

त्यसअघि समूह बी मा रहेका इरान र बंगलादेशबीच बिहान ११ बजे पहिलो खेल सुरु हुनेछ । दिउँसो २ बजे उद्घाटन समारोह हुने नेपाल भलिबल संघले जनाएको छ । उद्घाटन समारोहपछि दिउँसो साढे ३ बजे समूह ए मा रहेका नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै दिनको तेस्रो खेल समूह ए कै दुई टोली किर्गिस्तान र माल्दिभ्सबीच साँझ ६ बजे सुरु हुनेछ ।

च्याम्पियनसिपमा समूह ए मा घरेलु टोली नेपाल र भारतसहित किर्गिस्तान र माल्दिभ्स छन् भने समूह बी मा इरान,काजाखस्तान, श्रीलंका र बंगलादेश छन् ।

च्याम्पियनसिपमा सुरुको चार दिन समूह चरणका खेलहरु हुनेछन् । हरेक दिन ३-३ खेल हुनेछ । समूह चरणको खेलपछि दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । समूहमा तेस्रो र चौथो स्थानमा रहने टोलीले क्लासिफिकेसन म्याच खेल्नेछ ।

समूह ए को विजेता र समूह बी को उपविजेताबीच पहिलो सेमिफाइनल तथा समूह बी को विजेता र समूह्य ए को उपविजेताबीच दोस्रो सेमिफाइनल हुनेछ । सेमिफाइनल विजेता टोलीले जेठ १५ गते उपाधिका लागि खेल्नेछन् ।

facebook sharing button

त्यसअघि समूह ए को तेस्रो र समूह बी को चौथो तथा समूह बी को तेस्रो र समूह ए को चौथो हुने टोलीबीच पनि खेल हुनेछ । यी दुवै खेलको विजेताबीच र पराजित हुने टोलीबीच पनि खेल हुनेछ ।

प्रतियोगितामा समूह चरणदेखि फाइनलसम्म कूल २० खेल हुनेछ ।

यस प्रतियोगिताको विजेता टोली एसिया कपमा छनोट हुने नेपाल भलिबल संघले जनाएको छ । पछिल्लो समय नेपालले काभाको विभिन्न प्रतियोगिताहरु आयोजना गर्दै सेन्ट्रल एसियामा भलिबलको हब बन्दैछ ।

आज नेसनल भलिबल डे समेत हो । २०७४ सालमा नेपाल सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेपछि नेपाल भलिबल संघले हरेक वर्ष जेठ ८ गते नेसनल भलिबल डे मनाउँदै आएको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

तीन मौसमी प्रणालीको असर, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

थप ३०४ जना सहकारी पीडितले फिर्ता पाए बचत

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL