जितले मान्यता जोगिने आशा जीवितै
काठमाडौँ — कमजोर फर्मका कारण आसिफ शेखलाई नेपालले शुक्रबार खेलेको पछिल्लो खेलमा ‘ड्रप’ गरिएको थियो । गुलशन झाले पछिल्लो ४ खेलमा विकेट लिन सकेका थिएनन् । त्यसमा एक खेलमा त बलिङ नै गरेनन् ।
यिनै दुई खेलाडी चम्किएपछि नेपालले क्रिकेट विश्वकप लिग २ मा मंगलबार ओमानलाई ८१ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आसिफले ९४ रन बनाएपछि टस जितेको नेपाल एक बलअघि ४९.५ ओभरमा २ सय ५६ रनमा अलआउट भयो । गुलशनले ५ विकेट लिएपछि नेपालले जबाफमा आएको ओमानलाई ३९.५ ओभरमै १ सय ७५ रनमा समेटेको थियो ।
नेपालले लिग २ मा ओमानलाई कीर्तिपुरमा पहिलो पटक हराएको हो । यसअघि तीन पटक ओमानले नेपाललाई गृहमैदानमा पराजित गरेको थियो । यो जितले नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने सम्भावना कायमै राखेको छ । यस शृंखलामा नेपालको तेस्रो जित हो । नेपालको २४ खेलबाट १८ अंक भएको छ र टोली सातौं स्थानमा यथावत् छ । ओमान २८ खेलमा ३१ अंकसहित तेस्रो स्थानमा छ ।
आठ राष्ट्र सहभागी लिग २ मा अमेरिका २४ खेलमा ३६, स्कटल्यान्ड २८ खेलमा ३४, नेदरल्यान्ड्स २४ खेलमा २८, नामिबिया २८ खेलमा २२ र क्यानडा २४ खेलमा २१ अंकसहित पहिलो ६ स्थानमा छन् । २४ खेलमा १४ अंक जोडेको यूएई पुछारमा छ । लिग २ का शीर्ष चार टोली विश्वकप छनोटमा पुग्नेछन् ।
आसिफले यसअघि ९७ बलमा ७ चौका र ५ छक्का प्रहार गरे । एकदिवसीय अन्तर्राष्ट्रियमा उनको यो दोस्रो उच्च स्कोर हो । बाउन्ड्री लाइनमा क्याच भएपछि उनी दोस्रो शतक बनाउन चुकेका थिए । ‘त्यो बल मैले शट प्रहार गरेकै क्षेत्रमा आएको थियो र मैले त्यसलाई राम्रै प्रहार गरेको थिएँ, तर बाउन्ड्री लाइन बाहिर जान सकेन,’ आसिफले भने, ‘शतक बनाउन नसक्दा दुःखी छु, तर महत्त्वपूर्ण त नेपालले जितेको छ, त्यसले खुसी छु ।’
१२ बल सामना गरेपछि व्यक्तिगत खाता खोलेका आसिफले ६६ बलमा अर्धशतक पूरा गरे । एकदिवसीय अन्तर्राष्ट्रियमा यो उनको १४ औं अर्धशतक हो । उनले २०२४ को अक्टोबरमा अमेरिकाविरुद्ध ड्यालासमा ५२ रन बनाएयता एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो अर्धशतक बनाएका हुन् । त्यसयता उनले १२ खेल खेलिसके । लिग २ को पहिलो दुई खेलमा यूएई र ओमानविरुद्ध क्रमशः ७ र १९ रनमात्र बनाएपछि उनलाई यूएईसँगको अघिल्लो खेलमा ‘ड्रप’ गरिएको थियो ।
ओमानले पहिलो ओभर नै स्पिनरबाट सुरु गर्यो । देव्रेहाते स्पिनर सकिल अहमदले पहिलो ओभर मेडन फालेपछि जितेन रामानन्दीले दोस्रो ओभरको पहिलो बलमै विनोद भण्डारीलाई शून्यमा क्याच गराए । त्यसपछि आसिफ र अर्जुन कुमालले दोस्रो विकेटमा १ सय २३ रनको बलियो साझेदारी गरे । दोस्रो खेल खेलिरहेका अर्जुनले ४८ रन बनाए । उनले ८७ बलमा ४ चौका प्रहार गरे । अर्जुन २३ बलमा ५ रनमा हुँदा जीवनदान पाएका थिए । शर्ट थर्डमा नदिम खानले उनको क्याच छाडेका थिए । त्यसको अर्को बलमा अर्जुनले चौका प्रहार गरे । त्यस बावजुद पनि नेपालले १० ओभरको पावर प्लेमा २९ रनमात्र बनाउन सकेको थियो ।
२८ औं ओभरमा क्रिजमा आएका कप्तान रोहित पौडेल ९ रनमै आउट भए । गुलशनले २३ बल खेलेर २ चौकासहित १७ रन बनाए । उपकप्तान दीपेन्द्रसिंह ऐरीले ३३ रन जोडे । उनले ४२ बलमा १ चौका प्रहार गरे । करण केसी पहिलो बलमै आउट भए भने नन्दन यादव २ र सन्दीप लामिछाने १ रनमा आउट भएपछि नेपाल दबाबमा परेको थियो ।