देश भित्र
Friday, 8 Aug, 2025
एक विदेशी महिला कोकिनसहित पक्राउ
नेपाल प्रहरीले लागूऔषध कोकिन लुकाएर ल्याउने एक विदेशी महिलालाई पक्राउ गरेको छ ।प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले ब्राजिलबाट कतारको दोहा हुँदै नेपाल आएर नेपालबाट भुटान जान लागेकी २१ वर्षीया एमिली मिकेल सन्तोष फरेरालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।ब्यूरोका सहप्रवक्ता, प्रहरी नायव उपरीक्षक जीवन निरौलाले कालो रङको ‘ब्रा’भित्र लुकाएर ल्याएको १९५० ग्राम कोकिनसहित उनलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।







