अर्थ बाणिज्य / समाज Sunday, 20 Jul, 2025
Prestige Media

विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३८ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ १३ पैसा र बिक्रीदर १६० रुपैयाँ ८३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ०५ पैसा र बिक्रीदर १८५ रुपैयाँ ८५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३६ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९० रुपैयाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ २३ पैसा र बिक्रीदर १०० रुपैयाँ ६७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ १८ पैसा र बिक्रीदर १०७ रुपैयाँ ६४ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २६ पैसा र बिक्रीदर नौ रुपैयाँ ३० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १६ पैसा र बिक्रीदर १९ रुपैयाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९० पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ २५ पैसा र बिक्रीदर चार रुपैयाँ २७ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८९ पैसा र बिक्रीदर नौ रुपैयाँ ९४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ २३ पैसा र बिक्रीदर १४ रुपैयाँ २९ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ४६ पैसा र बिक्रीदर २१ रुपैयाँ ५५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५२ पैसा र बिक्रीदर १७ रुपैयाँ ६० पैसा, कुवेती दिनार एकको खरिददर ४५० रुपैयाँ १५ पैसा र बिक्रीदर ४५२ रुपैयाँ १२ पैसा, बहराइन दिनार एकको खरिददर ३६४ रुपैयाँ ८० पैसा र बिक्रीदर ३६६ रुपैयाँ ३९ पैसा, ओमनी रियाल एकको खरिददर ३५७ रुपैयाँ २४ पैसा र बिक्रीदर ३५८ रुपैयाँ ८० पैसा रहेको छ ।भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL