हिमालयन लाइफको साधारण सभा सम्पन्न, ८% लाभांश पारित
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको आज मंगलवार सम्पन्न भएको १८ औं बार्षिक साधारण सभाले ८ प्रतिशत नगद लाभांश पारित गरेको छ । सभाले कम्पनीको वितरणयोग्य संञ्चित मुनाफाबाट चुक्ता पुँजी ९ अर्ब १४ करोड ३२लाख ३७ हजा ३०६ रुपैयाँको ८ प्रतिशतको दरले हुने ७३ करोड १४ लाख ५८ हजार ९८४.४८ नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) वितरण गर्न स्वीकृत प्रदान गरेको छ ।
यसैगरी सभाले संचालक समितिको गत आर्थिक वर्ष २०८०/८१ को बार्षिक प्रतिवेदन, कम्पनीको आ.व.२०८०÷८१ को अवधिको लागि ल्ँच्क् बमोजिम तयार गरिएको लेखापरीक्षकको प्रतिवेदन, वासलात तथा नाफा÷नोक्सान हिसाब एवं नगद प्रवाह विवरण र तत्सम्वन्धी अनुसूचीहरु स्वीकृत गरेको छ ।
त्यस्तै सभाले कम्पनीको सहायक कम्पनी हिमालयन इन्भेष्टमेण्ट बैंकर लिमिटेडको आ.व. २०८०/८१ को वित्तीय विवरण स्वीकृत गरेको छ भने संचालक समितिको सिफारिस बमोजिम आ.व. २०८१/८२ को लागि बाह्य लेखापरीक्षकमा लेखापरीक्षक एस.सि.लाल एशोसिएट्स चार्टर्ड एकाउन्टेण्टलाई नियुक्ति गरेको छ ।







