Exclusive News Sunday, 4 Aug, 2024
Prestige Media

महिला भलिबलमा नेपालको ऐतिहासिक जित, भारत पराजित

काठमाडौं–काभा महिला भलिबल नेसन्स लिग भलिबल प्रतियोगितमा नेपालले पहिलो पटक भारतलाई पराजित गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् कभर्डहलमा शनिबार भएको खेलमा भारतलाई ३–२ को सेटमा पराजित गर्दै नेपालले ऐतिहासिक जित दर्ता गराएको हो। महिला भलिबल प्रतियोगितामा नेपालले पहिलो पटक भारतलाई हराएको हो। जारी प्रतियोगितामा नेपालको यो दोस्रो जित हो।
प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट नेपालले २५–१८ ले जित्यो। खेलको दोस्रो सेट भारतले २५–१२ ले आफ्नो पक्षमा पा¥यो। तेस्रो सेट नेपालले जित्यो। नेपालले भारतलाई २५–१७ ले पाखा लगाएको हो। तर, चौथो सेट १८–२५ ले गुमाएको नेपालले अन्तिम तथा निर्णायक पाँचौ सेटमा भारतलाई १५–१३ ले पराजित ग¥यो।
च्याम्पियनसिपमा नेपालसहित भारत, श्रीलंका, माल्दिभ्स र इरानको सहभागिता थियो। शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछन्। उक्त प्रतियोगिताअन्तर्गत आज दिउँसो ३ बजे हुने पहिलो खेलमा श्रीलंका र माल्दिभ्स भिड्नेछन् भने सवा ५ बजे हुने दोस्रो खेलमा नेपालले इरानसँग खेल्नेछ।
दुवै खेल राखेप कभर्डहलमा हुनेछन्।
जारी प्रतियोगिताको आफ्नो पहिलो खेल नेपालले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको थियो। नेपालले श्रीलंकामाथि २५–१९, २५–१८, र २५–१९ ले पराजित गरेको थियो।
पहिलो खेलमा श्रीलंकामाथि ३–० को सहज जित निकालेको नेपालले शनिबार ऐतिहासिक जित निकाल्न सफल भयो। नेपालले भारतलाई पहिलो पटक हराउने क्रममा ३–२ को सेटमा खेल जित्यो। साग गेम्सको सर्वाधिक सफल टोली भारतमाथि नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेको ३७ वर्षपछि जित निकालेको हो।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

देउवाको उपस्थितिमा कांग्रेस का पार्टी को आज भेला हुने भयको छ|

भेरी नदीमा खसेको जिपसँगै बेपत्ता व्यक्तिहरूको खुल्यो पहिचान

रोल्पामा पहिरोले ६ घर गोठ पुरिँदा २ जनाको मृत्यु, २ जना घाइते

बर्डफ्लु नियन्त्रणमा भएसँगै अण्डा र मासुको खपत र मूल्य बढ्यो

गाँजा खान पैसा नभएपछि लमजुङमा ७५ वर्षीया वृद्धाको बीभत्स ह’त्या

रास्वपा सांसद ढकाल भन्छन्- सिंहदरबारको नाम फेरौं, अनामनगर दरबार राखौं

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

राजनीतिक उतारचढावबाट नआत्तिन रविको आग्रह : सिट बेल्ट बाँध्नुहोस्, गन्तव्यमा सुरक्षित पुर्‍याउँछौँ

देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL