अर्थ बाणिज्य / समाज Wednesday, 17 Jul, 2024
Prestige Media

सुन मूल्य डेढ लाख नजिक

काठमाडौं–नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ। यसअघि मंगलबार हालसम्मकै उच्च मूल्यको रेकर्ड बनाएको सुनले बुधबार थप बढेर नयाँ रेकर्ड कायम गरेको हो। मंगलबार छापावाल सुन प्रतितोला १ लाख ४७ हजार ८०० मा खरिद बिक्री भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य मंगलबारभन्दा प्रतितोला २००० रुपैयाँले बढी हो।
महासंघका अनुसार मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार १०० रुपैयाँ कायम भएको छ। मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४७ हजार १०० रुपैयाँमा थियो। बुधबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १ हजार ८९५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रुपैयाँ बढी हो।
मंगलबार चाँदी प्रतितोला १ हजार ८७५ रुपैयाँमा कारोबार भएको थियो।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL