खेलकुद Monday, 17 Jun, 2024
Prestige Media

आइसिसी टी–२०ः नेपाल बंगलादेशसँग २१ रनले पराजित, विश्वकप यात्रा टुंगियो

काठमाडौं–आइसिसी टी२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।
वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रंगशालामा सम्पन्न खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको हो। यस खेलसँगै विश्वपकमा समूह डीको समीकरण पूरा भएको छ। समूह डीबाट दक्षिण अफ्रिका र बंगलादेश विश्वकपको दोस्रो चरणमा प्रवेश गरेका छन्। आठ अंक बटुलेको दक्षिण अफ्रिका शीर्ष स्थानमा रहँदै सुपर आठमा पुगेको हो भने ६ अंक बटुलेको बंगलादेश दोस्रो स्थानमा रहँदै अघिल्लो चरणमा पुगेको हो।
यस समूहबाट नेपाल, नेदरल्यान्डस र श्रीलंका समूह चरणबाटै बाहिरिएका छन्। विश्वकपको यात्रा टुंग्याएसँगै नेपाली टोलीका लेग स्पीन सन्दीप लामिछानेले भने टी२० अन्तर्राष्ट्रिय क्रिकेटको आफ्नो ५४आंै खेलमा १०० विकेट पु¥याउँदै विश्वको दोस्रो छरितो खेलाडीको नयाँ कीर्तिमानी बनाउन सफल भएका छन्।
बंगलादेशविरुद्धको खेलमा उनले दुई विकेट लिएसँगै उनको एक सय विकेट पूरा भएको हो। जारी विश्वकपमा सन्दीपको योे दोस्रो खेल हो। यसअघि अमेरिकाले भिसा नदिएपछि सन्दीपले अमेरिकामै भएको नेदरल्यान्डस र श्रीलंकाविद्धको खेल गुमाउन पुगेका थिए।
यद्यपि नेपाल र श्रीलंकाको खेल भने वर्षाका कारण रद्द भएको थियो। अफगानिस्तानका रासिद खानले ५३ खेलमा एक सय विकेट लिँदै टी२० अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा कम खेलेर एक सय विकेट लिने कीर्तिमान बनाएका थिए।
आजको खेलमा बंगलादेशले जितका लागि दिएको एक सय सात रनको विजयी लक्ष्य पच्छाएको नेपाल १९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै ८५ रनमै समेटियो। नेपालका लागि कुशल मल्लले सर्वाधिक २७ रनको योगदान दिए। उनले ४० बलमा एक चौका र एक छक्काको सहायताले सर्वाधिक २७ रन बनाएका हुन्।
त्यसैगरी दीपेन्द्रसिंह ऐरीले ३१ बलमा दुई चौका र एक छक्काको मद्दतमा २५ रन बनाए। त्यस्तै आसिफ शेखले १४ बलमा चार चौका प्रहार गर्दै १७ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्। कुशल भुर्तेल चार रनमा आउट हुँदा रोहितकुमार पौडेल र सन्दीप जोरा समान एक एक रनमा आउट भए।
अनिल शाह, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने र अभिनाश बोहरा शून्यमा आउट भए। त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेशले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १०६ रनको योगफल बनाएको थियो। यो खेलसँगै जितविहीन रहँदै नेपालले विश्वकपको यात्रा टुंग्याएको छ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL