आर्थिक वर्ष २०८१÷८२ बजेट आउँदै
काठमाडौं– आगामी आर्थिक वर्ष २०८१÷८२ को वार्षिक बजेट आज संसद्मा पेस हुँदै छ। अर्थमन्त्री वर्षमान पुनले दिउँसो ३ बजे आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट० संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा पेस गर्ने कार्यसूची रहेको नयाँ समय संसद् सचिवालयले सार्वजनिक गरेको हो।
नेपालको संविधान २०७२ को धारा ११९ को व्यवस्थाअनुसार अर्थमन्त्रीले प्रत्येक आर्थिक वर्षको सम्बन्धमा संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राजस्वको अनुमान, संघीय सञ्चित कोषमाथि व्ययभार हुने आवश्यक रकम र संघीय विनियोजन ऐनबमोजिम व्यय हुने आवश्यक रकम खुलाई वार्षिक अनुमान पेस गर्नुपर्ने उल्लेख छ।
यसरी वार्षिक अनुमान पेस गर्दा अघिल्लो आर्थिक वर्षमा प्रत्येक मन्त्रालयलाई छुट्याएको खर्चको रकम र त्यस्तो खर्चअनुसारको लक्ष्य हासिल भयो वा भएन त्यसको विवरण पनि साथै पेस गर्नुपर्ने व्यवस्था छ। राजस्व र व्ययको अनुमान प्रत्येक जेठ १५ मा संघीय संसद्मा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ।
दिउँसो ३ बजे बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठक ९संघीय संसदको बैठक० मा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्ने कार्यतालिका छ। बजेटमा राष्ट्रिय योजना आयोगले दिएको १८ खर्बको सीमामा दिए पनि उक्त सीमाभन्दा माथिको बजेट सार्वजनिक गर्ने तयारीमा अर्थ मन्त्रालय छ। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएपछि सरकारले बजेट ल्याउन लागेको हो।







