अर्थ बाणिज्य / समाज
Friday, 24 May, 2024
एकै दिन तोलामा १८ सयले घट्यो सुन मूल्य
काठमाडौं–आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले घटेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १८ सय रुपैयाँले घटेर १ लाख ३८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको हो। यसैगरी तेजाबी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ५० रुपैयाँ निर्धारण भएको छ।
यसअघि बुधबार छापावाल सुन १ लाख ४० हजार ५०० रुपैयाँ कायम थियो। तेजाबी सुनको मूल्य तोलाको १ लाख ३९ हजार ८०० रुपैयाँ निर्धारण भएको थियो। बिहीबार चाँदीको मूल्य भने प्रतितोला ३५ रुपैयाँले घटेको छ। बुधबार १९ सय रुपैयाँ रहेको चाँदीको भाउ बिहीबार प्रतितोला १८ सय ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।







