अर्थ बाणिज्य / समाज
Thursday, 9 May, 2024
आर्थिक वर्ष सकिनै लाग्दासमेत ३६ प्रतिशत पुगेन पुँजीगत खर्च
काठमाडौं– आर्थिक वर्ष सकिन करिब २ महिना बाँकी हुँदा विकास खर्च भने एक तिहाई मात्रै भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार बुधबारसम्म पुँजीगत खर्च ३५।८३ प्रतिशत मात्रै भएको छ। ३ खर्ब २ खर्ब ७ करोड ४४ लाख रुपैयाँ पुँजीगत बजेट विनियोजन गरेको सरकारले बुधबारसम्म १ खर्ब ८ अर्ब २२ करोड ५९ लाख रुपैयाँ मात्रै खर्च गर्न सकेको छ। चालू आर्थिक वर्षको बुधबार ९वैशाख २६ गते०सम्म चालू खर्च ६४। ३२ प्रतिशत भएको छ।
कुल ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख रुपैयाँ विनियोजन भएको चालूतर्फको बजेटमध्ये ७ खर्ब ३४ अर्ब ३८ करोड ५८ लाख रुपैयाँ खर्च भएको छ। वित्तीय व्यवस्थातर्फ भएको ५८।६५ प्रतिशत खर्च समेत कुल बजेट खर्च ५८।४१ प्रतिशत भएको महालेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ।







