अर्थ बाणिज्य / समाज Tuesday, 16 Apr, 2024
Prestige Media

नेप्से परिसूचक राताम्य

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक १४ दशमलव ८१ अंकले ओरालो लागेर एक हजार ९ सय ९१ दशमलव ७१ मा सीमित भएको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव २६ अंकले ओरालो लागेर तीन सय ५३ दशमलव ५१ मा सीमित भएको छ। कारोबार भएका कुल १३ वटै उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ।
नेप्सेका अनुसार कुल ५४ लाख ७१ हजार ६८ कित्ता सेयर दुई अर्ब १० करोड ३० लाख १९ हजार दुई सय १८ मूल्यमा कारोबार भएको छ। कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा छ। सो कम्पनीको १७ करोड ५९ लाख ७८ हजार एक सय ६३ बराबरको कारोबार भएको छ।
सूर्यज्योति लाइफ इन्स्योरेन्स सात करोड ४३ लाख ५३ हजार पाँच सय ७२, पोखरा फाइनान्स ६ करोड ६८ लाख ९८ हजार दुई सय १४, सर्वोत्तम सिमेन्ट चार करोड ५९ लाख ८१ हजार चार सय ३४ र शिवम् सिमेन्ट चार करोड ४७ लाख ४३ हजार सात सय सात बराबर कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।
एसबिएस ऋणपत्र ९ दशमलव ९९, गोर्खाज फाइनान्स नौ दशमलव ९६, सिभिल बैंकको ऋणपत्र आठ दशमलव १९, ग्रीन डेभलपमेन्ट बैंक पाँच दशमलव शून्य दुई र दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले चार दशमलव शून्य चार प्रतिशतले कमाएको नेप्सेले जनाएको छ।

त्यस्तै, रुरु जलविद्युत् परियोजना १०, पोखरा फाइनान्स ६ दशमलव ७४, सिवाइसी नेपाल लघुवित्त ६ दशमलव ५०, डोल्टी पावर पाँच दशमलव ६० र जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले पाँच दशमलव शून्य ६ प्रतिशतले गुमाएका छन्।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL