अर्थ बाणिज्य / समाज
Thursday, 28 Mar, 2024
सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख २७ हजार ९०० मा कारोबार
काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २७ हजार ९ सय रुपैयाँ तोकिएको छ। बुधबार छापावाला सुन प्रतितोला १ लाख २६ हजार आठ सयमा कारोबार भएको थियो। यस्तै तेजाबी सुन प्रतितोला १ लाख २७ हजार तीन सयमा कारोबार गर्ने गरी मूल्य निर्धारण गरिएको छ।
बुधबार तेजाबी सुन प्रतितोला १ लाख २६ हजार २ सयमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला १ हजार ४९० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि १ हजार पाँच सय १० निर्धारण गरिएको छ।







