अर्थ बाणिज्य / समाज Friday, 29 Sep, 2023
Prestige Media

राष्ट्र बैंकले उठाइदियो सरकारको सवा ४४ अर्ब बढी आन्तरिक ऋण

काठमाडौं– नेपाल राष्ट्र बैंकले दुई महिने अवधिमा सरकारको ४४ अर्ब २६ करोड रुपैयाँ आन्तरिक ऋण उठाएको छ।राष्ट्र बैंकले चालू आर्थिक वर्षको दुई महिने अवधिमा सरकारको ४४ अर्ब २६ करोड आन्तरिक ऋण उठाइदिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बताएको हो।

कार्यालयको तथ्यांकअनुसार राष्ट्र बैंकले साउनमा १३ अर्ब ६ करोड र भदौमा ३१ अर्ब २० करोड रुपैयाँ सरकारको आन्तरिक ऋण उठाएको हो।राष्ट्र बैंकले पहिलो ३ महिनामा ५५ अर्ब रुपैयाँ सार्वजनिक ऋण उठाउने तालिका बनाएको छ।

सरकारले यो दुई महिने अवधिमा बाह्य ऋण ४ अर्ब ९७ करोड ३२ लाख प्राप्त गरेको छ।दुई महिने अवधिमा आन्तरिक ऋणको ३२ अर्ब ८३ करोड ३५ लाख र बाह्य ऋणको ५ अर्ब ८८ करोड २६ लाख साँवा भुक्तानी भएको कार्यालयको विवरणमा उल्लेख छ।

सरकारको तिर्न बाँकी सार्वजनिक ऋण २३ खर्ब ९ अर्ब ८६ करोड ९६ लाख पुगेको छ।यो अवधिमा १० अर्ब ५१ करोड ७१ लाख सार्वजनिक ऋण थपिएको देखिएको छ। नेपालको गत असार मसान्तसम्म सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड २५ लाख थियो।ऋणको ब्याज भुक्तानीका लागि मात्रै दुई महिनामा ११ अर्ब ६ करोड ४८ लाख खर्च गरिएको राष्ट्र बैंकले जनाएको छ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL