Breaking News
Thursday, 22 Jun, 2023
विश्वकप छनोट क्रिकेट : नेपाल आज वेस्ट इन्डिजसँग खेल्दै
आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेपालले आज आफ्नो तेस्रो खेल खेल्दैछ।नेपालले आज टेस्ट टिम वेस्ट इन्डिजसँग हरारेमा प्रतिस्पर्धा गर्न लागेको हो। खेल १२:४५ मा सुरू हुनेछ।
जिम्बाब्वेमा जारी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा नेपालले तेस्रो खेल खेल्न लागेको हो । यसअघि खेलिएको आफ्नो पहिलो खेलमा नेपाललाई घरेलु टोली जिम्बाब्वेले आठ विकेटले पराजित गरेको थियो । कुनै समय एन्डी फ्लावर, ग्रान्ट फ्लावर, निल जोन्सन, हिथ स्ट्रिक, हेनरी ओलोङ्गा, पल स्ट्रङजस्ता प्रभावशाली खेलाडीले विश्व क्रिकेट थर्काएको जिम्बाब्वेजस्तो राष्ट्रलाई नेपालले दुई सय ९१ रनको चुनौती दिएको थियो ।

वेस्ट इन्डिज आज खेलेपछि नेपालले अन्तिम खेल २४ जुनमा (असार ९) नेदरल्यान्ड्ससँग खेल्नेछ। दुई मध्ये एक खेलमा जित निकाल्न सकेको अवस्थामा नेपालको सुपर सिक्स सम्भावना हुनेछ।







