Breaking News Wednesday, 24 Jul, 2024
Prestige Media

सौर्य एयरको विमान दुर्घटना, १९ यात्रुको मृत्यु

काठमाडौं–काठमाडौंबाट पोखरा उड्नै लाग्दा सौर्य एयरको विमान आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ। जहाज दुर्घटनामा हालसम्म १९ जनाको मृत्यु भएको त्रिभुवन विमानस्थलले पुष्टि गरेको छ। चालक दलका सदस्यसहित यात्रु रहेको विमान उड्ने क्रममा विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटनामा परेको विमानस्थल कार्यालयले जानकारी दिएको हो।
विमानमा आगलागी भएको र आगलागी नियन्त्रण गर्न तीनवटै निकायका सुरक्षाकर्मी परिचालन गरिएको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले जानकारी दिए। दुर्घटनाबारे जानकारी लिन गृहमन्त्री रमेश लेखक विमानस्थल पुगेका छन्।
काठमाडौंबाट पोखराका उड्नै लाग्दा आज बिहान ११ बजे सौर्य एयरको जहाज दुर्घटनामा परेको हो। सौर्यको जहाज दुर्घटनामा परेपछि परेपछि त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडान बन्द गरिए पनि अहिले खुलेको छ। जहाज दुर्घटनामा परेपछि आन्तरिक विमानस्थल वरपर ठूलो आगलागीको मुस्लो देखिएको छ। जहाज पूरै जलेको अवस्थामा देखिन्छ।
हालसम्म जहाजमा कति यात्रु थिए यकिन नभए पनि विमानस्थल पदाधिकारीले १९ यात्रु रहेको आशंका गरेका छन्। हालसम्म चार जनाको शव निकालिएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए। पोखरामा सौर्यको नियमित उडान हुने गरेको छैन। दुर्घटनामा घाइते जहाजका क्याप्टेन ३७ वर्षीय मनीषरत्न शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेर आगलागी भएको जहाजको उद्धारका लागि अग्निनियन्त्रक, प्रहरी र नेपाली सेना परिचालन गरिएको छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

ऊर्जा क्षेत्र विकासका लागि जलस्रोतमन्त्रीले गरे पूर्वसचिवहरूसँग छलफल

उपत्यकाका तीन वटै जिल्लामा बाढीको वितन्डा, सयौं घर डुबानमा

कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्यो, सात जनाको मृत्यु

तनहुँमा जन्ती बोकेको गाडी पल्टिँदा २ जनाको मृत्यु, १६ घाइते

उच्च अदालत पाटनका न्यायाधीश मरासिनीको निधन

प्रधानमन्त्री प्रचण्डलाई ओलीले बुझाए मध्यपहाडी क्षेत्रका ७५१ योजना र मागसहितको थैली

बारामा बस र ट्रक एकापसमा ठोक्किँदा ३ जनाको मृत्यु, २७ घाइते

राजनीतिक दलहरुलाई चुनावलक्षित नभई पुस्तालक्षित राजनीति गर्न रविको आग्रह

राप्रपा कोशी सरकार निर्माणमा तटस्थ बस्ने

रिगलको आममाफीविरुद्ध माइतीघरमा विरोध प्रदर्शन

इजरायलको सैन्य अखडामा हेजबुल्ला समूहले हान्यो मिसाइल

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL