Breaking News Wednesday, 24 Jul, 2024
Prestige Media

सौर्य एयरको विमान दुर्घटना, १९ यात्रुको मृत्यु

काठमाडौं–काठमाडौंबाट पोखरा उड्नै लाग्दा सौर्य एयरको विमान आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ। जहाज दुर्घटनामा हालसम्म १९ जनाको मृत्यु भएको त्रिभुवन विमानस्थलले पुष्टि गरेको छ। चालक दलका सदस्यसहित यात्रु रहेको विमान उड्ने क्रममा विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटनामा परेको विमानस्थल कार्यालयले जानकारी दिएको हो।
विमानमा आगलागी भएको र आगलागी नियन्त्रण गर्न तीनवटै निकायका सुरक्षाकर्मी परिचालन गरिएको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले जानकारी दिए। दुर्घटनाबारे जानकारी लिन गृहमन्त्री रमेश लेखक विमानस्थल पुगेका छन्।
काठमाडौंबाट पोखराका उड्नै लाग्दा आज बिहान ११ बजे सौर्य एयरको जहाज दुर्घटनामा परेको हो। सौर्यको जहाज दुर्घटनामा परेपछि परेपछि त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडान बन्द गरिए पनि अहिले खुलेको छ। जहाज दुर्घटनामा परेपछि आन्तरिक विमानस्थल वरपर ठूलो आगलागीको मुस्लो देखिएको छ। जहाज पूरै जलेको अवस्थामा देखिन्छ।
हालसम्म जहाजमा कति यात्रु थिए यकिन नभए पनि विमानस्थल पदाधिकारीले १९ यात्रु रहेको आशंका गरेका छन्। हालसम्म चार जनाको शव निकालिएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए। पोखरामा सौर्यको नियमित उडान हुने गरेको छैन। दुर्घटनामा घाइते जहाजका क्याप्टेन ३७ वर्षीय मनीषरत्न शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेर आगलागी भएको जहाजको उद्धारका लागि अग्निनियन्त्रक, प्रहरी र नेपाली सेना परिचालन गरिएको छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

विद्यार्थी ओराल्दा विद्यालयको बसले एक बालिका र सहचालक किच्यो, दुवैको मृत्यु

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

पेट्रोलियम पदार्थको मूल्य घट्न केही समय लाग्छ : अर्थमन्त्री

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL