अर्थ बाणिज्य / समाज
Monday, 6 Feb, 2023
सुनचाँदी व्यसायीहरुले गरे सुनको आपूर्ति बढाउन सरकारसँग माग
बजारमा कच्चा सुनको चरम अभाव भएको भन्दै सुनचाँदी व्यसायीहरुले तत्काल आपूर्ति बढाउन सरकारसँग माग गरेका छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा आइतबार गएको महासंघको प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई महासंघको तर्फबाट ज्ञापनपत्र बुझाउँदै सुनको आपूर्ति बढाउन आग्रह गरेको हो ।







