स्वास्थ्य
Thursday, 20 Oct, 2022
नेपालमा ४२ हजार नाघे डेंगु संक्रमित
पछिल्लो समय ७६१ डेंगु संक्रमित थपिएको मन्त्रालयको तथ्यांक
काठमाडौं– नेपालमा थप ७६१ जनामा डेंगु पुष्टि भएको छ । देशभर डेंगु रोगीको संख्या ४२ हजार ५०४ पुगेको स्वास्थ्य मन्त्रालयले बताएको हो ।
मन्त्रालयका अनुसार डेंगुबाट थप २ जनाको मृत्यु भएको छ। हालसम्म ५१ जनाले ज्यान गुमाइसकेका छन् ।गत साउनदेखि सुरु भएको डेंगु प्रकोप ७७ वटै जिल्लामा फैलिइसकेको छ ।







