स्वास्थ्य Friday, 18 Jul, 2025
Prestige Media

महानगरको छात्रवृत्ति परीक्षामा सोह्र हजार सहभागी हुँदै

काठमाडौँ महानगरपालिका अन्तर्गतका संस्थागत विद्यालयमा छात्रवृत्तिमा अध्ययनका लागि सञ्चालन हुने प्रवेश परीक्षामा १६ हजार १३७ विद्यार्थी सहभागी हुने भएका छन् । 

छात्रवृत्ति परीक्षामा उत्कृष्ट भएका विद्यार्थीले शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयमा निःशुल्क अध्ययन गर्न पाउने छन् । परीक्षाको नतिजापछि मेरिट सूचीका आधारमा छात्रवृत्ति प्रदान गरिने महानगरपालिकाले सूचनामा जनाएको छ । यो कार्यक्रमले आर्थिक रूपमा कमजोर तर मेधावी विद्यार्थीलाई कक्षा ११ र १२ मा आफूले रोजेको संस्थागत विद्यालयमा गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर प्रदान गर्ने छ ।

छात्रवृत्ति परीक्षा महानगरपालिका आफैँले साउन ३ गते (शनिबार) बिहान सञ्चालन गर्दै छ । छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि आयोजित प्रवेश परीक्षामा देशभरका ७७ जिल्लाबाट प्राप्त कुल १७ हजार २२९ आवेदनमध्येबाट यी विद्यार्थी छनोट भएका हुन् । पहिचान खुल्ने नागरिकता वा जन्मदर्ता, सार्वजनिक विद्यालयमा अध्ययन गरेको भए सोको प्रमाण, संस्थागत विद्यालयमा अध्ययन गरेको भए छात्रवृत्तिमा पढेको अथवा काठमाडौँ महानगरपालिकामा स्थायी बसोवास भएको प्रमाण संलग्न नभएका एक हजार ९२ आवेदन अस्वीकृत भएका हुन् ।

महानगरपालिकाको शिक्षा विभागका अनुसार छनोट भएका विद्यार्थीमा विज्ञान समूहका लागि ११ हजार ५९०, व्यवस्थापन समूहका लागि चार हजार १६४, मानविकी समूहका लागि ३२, शिक्षा समूहका लागि ९५ र कानुन समूहका लागि २५६ जना समावेश छन् । परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित हुने छ । जसमा अनिवार्य गणित, विज्ञान र अङ्ग्रेजी विषयबाट ३०/३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न गरी कुल १०० बहुवैकल्पिक प्रश्न सोधिने छन् । परीक्षा उत्तीर्ण गर्न न्यूनतम ४० प्रतिशत अङ्क ल्याउनुपर्ने छ ।  

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सपथ

अमेरिकाद्वारा रुसविरुद्ध परमाणु पनडुब्बी तैनाथ

वीर अस्पतालको सेवा सुधार्न सके स्वास्थ्य क्षेत्रको सुधार हुन्छः स्वास्थ्यमन्त्री

सर्वोच्चद्वारा आयोडिनयुक्त नुन ऐन २०५५ कार्यान्वयन नगर्न आदेश

स्वास्थ्य बीमा क्षेत्रमा पुन विचार गरिनेछ: प्रधानमन्त्री

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्नु : प्रम केपी ओली

अब रेफर विना जुनसुकै सरकारी अस्पतालबाट स्वास्थ्य बिमा सुविधा लिन सकिने

स्वास्थ्य मन्त्री पौडेल अस्पताल भर्ना

अण्डाको मूल्य बढ्यो

कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु

दाङमा चार सय बेडको अस्पताल निर्माण सुरु गरिने

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL