कात्तिकमा बैंकको ब्याजदर नबढ्ने
नेपाल बैंकर्स संघले आगामी कात्तिकका लागि ब्याजदर नबढाउने निर्णय गरेको हो।
काठमाडौं– कात्तिकका लागि बैंकको ब्याजदर नबढ्ने भएको छ । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले आगामी कात्तिकका लागि ब्याजदर नबढाउने निर्णय गरेको हो ।
अघिल्लो महिना अर्थात् भदौ मसान्तमा संघले ब्याजदर निर्धारणको अधिकार बैंकहरुलाई नै छाडिदिने निर्णय गरेको थियो । सोहीअनुसार बैंकहरुले असोजका लागि आफूखुसी निक्षेपको ब्याजदर १० प्रतिशतले बढाएका थिए ।बढेको ब्याजदरअनुसार हाल बैंकिङ ब्याजदर अधिकतम १३.१३ प्रतिशतसम्म पुगेको छ । यद्यपि, केही बैंकहरुले भने १५ प्रतिशतसम्म पु¥याएको र कर्जाको ब्याजदर १८ प्रतिशतमाथि पुगेको भन्दै उद्योग व्यवसायीले विरोध गर्दै आएका छन् ।
बैंकहरुले ब्याजदर बढाएपछि आक्रोशित व्यवसायीले सरकारको ध्यानाकर्षण गराएपछि अर्थमन्त्री जनार्दन शर्माले ११ सदस्यीय ब्याजदर अध्ययन समिति गठन गरेका थिए । तर उक्त समितिले ब्याजदर वृद्धि जायज भएको भन्दै बजार महँगी (मुद्रास्फीति) लाई नियन्त्रणमा राख्न ब्याजदर वृद्धि गर्नु उचित भएको रिपोर्ट बुझाएको थियो ।
संघको पछिल्लो निर्णयले कात्तिकका लागि पनि बैंकिङ ब्याजदर १२.०३ प्रतिशत कायम हुने भएको छ ।







