भारतबाट बढेर आयो पेट्रोलियम मूल्य
पेट्रोलमा १.७४ प्रतिलिटर, डिजेलमा १५.६० प्रतिलिटर र हवाई इन्धनमा १०.२५ प्रति लिटरले बढेर आएको हो।
काठमाडौं– इन्डियन आयल कर्पोरेसनले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढाएर सूची पठाएको छ ।आयल निगमका अनुसार डिजेल र हवाई इन्धनको मूल्यमा बढेर आएको छ । निगमका अनुसार पेट्रोलमा १.७४ प्रतिलिटर, डिजेलमा १५.६० प्रतिलिटर र हवाई इन्धनमा १०.२५ प्रति लिटरले बढेर आएको हो ।
मूल्य बढेर आएपछि डिजेलमा ६.३४ प्रतिलिटर (रु. १८.५१ करोड घाटा) र एलपी ग्यासमा रु. ३२५.४४ प्रतिसिलिन्डर घाटा (रु. ३७.६० करोडा) भई पेट्रोल, हवाई इन्धन र मट्टीतेलमा हुने केही नाफासमेतलाई गणना गर्दा समग्रमा निगमलाई आगामी १५ दिनमा करिब ३९ करोड नाफा हुने निगमको प्रक्षेपण छ ।
निगमका अनुसार हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तथा प्रशोधित पेट्रोलियम पदार्थको मूल्य पुनः बढ्ने क्रममा रहेको तथा अमेरिकी डलरसँग नेपाली मुद्राको विनियम दर कमजोर हुँदै गएको अवस्थामा पेट्रोलियम पदार्थको आपूर्ति सुचारु राख्न र इन्डियन आयल कर्पोरेसनको बक्यौता एवं आन्तरिक ऋणको व्यवस्थापन गर्न निगमलाई अझै पनि चुनौतीपूर्ण अवस्था छ ।
निगमले हाललाई पेट्रोलियम पदार्थको साविकको खुद्रा बिक्री मूल्य यथावत राखेको बताएको छ ।







