अर्थ बाणिज्य / समाज
Sunday, 16 Oct, 2022
घट्यो विदेशी लगानीको सीमा
यसअघि ५ करोड रुपैयाँमा रहेकामा घटाएर २ करोडमा झारियो।
काठमाडौं– सरकारले विदेशी लगानीको न्यूनतम सीमा २ करोड रुपैयाँ तोक्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ३ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी विदेशी लगानीको न्यूनतम सीमा प्रतिविदेशी लगानीकर्ता २ करोड रुपैयाँ तोक्ने निर्णय गरिएको बताएका हुन् । यसअघि ५ करोड रुपैयाँ थियो ।







