अर्थ बाणिज्य / समाज Thursday, 13 Oct, 2022
Prestige Media

कालीगण्डकीमा ९६ मेगावाट बिजुली उत्पादन

दसैं–तिहार चाडवाडको समय उद्योगधन्दा तथा कलकारखाना पूरै नचल्ने र उत्पादित विद्युत् खपत नहुने भएकाले आयोजना मर्मत गरिँदै

काठमाडौं–स्याङ्जाको कालीगण्डकी गाउँपालिका– ७ मिर्मीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाले दैनिक ९६ मेगावाट विद्युत् उत्पादन गर्दै आएको छ ।

दसैं–तिहार चाडवाडको समय उद्योगधन्दा तथा कलकारखाना पूरै नचल्ने र उत्पादित विद्युत् खपत नहुने भएकाले यही समय मर्मत कार्य गरिएको कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजना मिर्मीका प्रमुख पशुपतिराज गौतमले बताए ।‘समय–समयमा मेसिन मर्मत गर्नुपर्ने–फेर्नुपर्ने हुन्छ,’ उनले भने, ‘अन्य बेलामा मर्मत गर्दा विद्युत् अभाव समस्या हुने भएकाले अहिले खपत नहुने समयमा मर्मत गर्दा उपभोक्ता तथा उद्योग, कलकारखानालाई सहज हुने गरी चाडवाडको मौकामा मर्मत गरेका हौं ।’

दसैं बिदामा पाँच दिनसम्म उत्पादन पूरै बन्द गरेर मर्मत गरिएको उनको भनाइ छ । दुई वटा टर्बाइन मर्मत सकिएको र बाँकी रहेको एउटा टर्बाइनसहित अन्य मर्मत कार्य तिहारपछिसम्म चल्ने उनले बताए ।

कालीगण्डकी नदीमा पानीको सतह बढेकाले अहिले बाँधमा रहेका सबै ढोका खुला गरिएको छ । ‘दुई वटा टर्बाइन चलाउन ९४ मिटर क्यूब प्रतिसेकेन्ड पानी आवश्यक पर्छ,’ उनले भने, ‘अहिले नदीमा पानीको बहाव १ हजार २ सय मिटर क्यूब प्रतिसेकेन्ड रहेको छ ।’ नदीको पानीको बहाव बढी रहेकाले कात्तिक अन्तिम सातातिर मात्र ढोका बन्द गरिने उनले बताए ।

बाँध थुनेसँगै नदीमा सात किलोमिटर लामो जलाशय बन्ने र सोही जलाशयमा स्टिमर सेवा सञ्चालन हुँदै आएको छ । वर्षाका कारण अहिले रोकिएको जलयातायात सेवा नदीमा पानीको सतह घट्नासाथै पुनः सुरु हुन्छ ।

स्याङ्जाको मिर्मी (आँधीमुहान) देखि स्याङ्जा, पर्वत र गुल्मीको संगम स्थलस्थित धार्मिक एवं पर्यटकीय स्थल सेतीवेणी शीलासम्म जलयातायात सञ्चालन हुँदै आएको छ । आँधीमुहानदेखि सेतीवेणी शीलासम्म जलयातायात मार्फत पुग्न झन्डै ३० मिनेट लाग्दछ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL