अर्थ बाणिज्य / समाज Sunday, 2 Oct, 2022
Prestige Media

साउन र भदौमा आयात भयो करोडको तास

दसैं–तिहारमा बढी खेलिने हुँदा २ महिनामै आयात भयो १ करोड मूल्यको तास
काठमाडौं– दसैं–तिहारजस्ता पर्वमा तास खेल्ने चलन अद्यापि छ। सोही कारण चालू आर्थिक वर्ष २०७९÷८० को २ महिनामै विदेशबाट १ करोड ३ लाख ३२ हजार रुपैयाँको तास भित्रिएको भन्सार विभागको विवरणमा उल्लेख छ ।
विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन र भदौ अवधिमा उक्त मूल्य बराबरको तास भित्रिएको हो ।
विभागका अनुसार यस अवधिमा उक्त मूल्य बराबरको ६ लाख ७८ हजार वटा तास भित्रिएको छ। यसबापत आयातकर्ताले राज्यलाई ७४ लाख ६६ हजार रुपैयाँ बराबरको भन्सार राजस्व बुझाएका छन्। सरकारले विदेशी मुद्राको सञ्चिति जोगाउन गत वैशाखदेखि तास आयात प्रतिबन्ध लगाएको थियो ।
तर पछिल्लोपटक प्रतिबन्ध लगाएमध्ये ६ वस्तुको आयात खुलाउँदा तास आयातसमेत खुलाइएको थियो । नेपाल भित्रिएका सबै तास छिमेकी चीनबाट भित्रिएको हो ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL