अर्थ बाणिज्य / समाज Wednesday, 28 Sep, 2022
Prestige Media

देशभर उद्योगको संख्या ६० हजार १८५ पुग्यो

नेपालमा उद्योग क्षेत्रमा कुल लगानी ६ खर्ब १९ अर्ब ५१ करोड ६ लाख ३७ हजार पुगेको छ

काठमाडौं– तथ्यांक विभागले देशभर उद्योगको संख्या ६० हजार १८५ पुगेको विवरण सार्वजनिक गरेको छ । बुधबार विभागले सार्वजनिक गरेको राष्ट्रिय औद्योगिक सर्भे रिपोर्टले यस्तो देखाएको हो ।

विवरणअनुसार उद्योग क्षेत्रमा नेपालमा कुल लगानी ६ खर्ब १९ अर्ब ५१ करोड ६ लाख ३७ हजार पुगेको छ । यस क्षेत्रमा सक्रिय जनशक्ति ४ लाख ९१ हजार २२७ छन् । यीमध्ये ३ लाख ८१ हजार ६८७ जना श्रमिक रहेको अध्ययन प्रतिवेदनमा देखाइएको छ ।

यी उद्योगले वार्षिक पारिश्रमिकमा मात्रै १ खर्ब ७ अर्ब ८९ करोड २६ लाख ३४ हजार खर्चिने गरेको अध्ययनमा देखिएको छ । उद्योगको कुल उत्पादनको मूल्य १२ खर्ब १ अर्ब १७ करोड ७ लाख २९ हजार रहेको छ । यसमा कुल लगानी ८ खर्ब ४६ करोड ६५ लाख ८८ हजार ९६ हजार र यसमा मूल्य अभिवृद्धि ३ खर्ब ५४ अर्ब ५१ करोड १८ लाख ३३ हजार रहेको अध्ययनले देखाएको छ ।

नेपालमा खानी क्षेत्रमा ३५६ र उत्पादन क्षेत्रमा ५६ हजार ६११, विद्युत्, ग्यास क्षेत्रमा ९९४ र पानी तथा यसको वितरण क्षेत्रमा २ हजार २२४ वटा उद्योग सञ्चालनमा छन् ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL