अर्थ बाणिज्य / समाज Wednesday, 28 Sep, 2022
Prestige Media

बुधबारबाट खसीबोका बेच्दै खाद्य संस्थान

बजार मूल्यभन्दा कम्पनीबाट बिक्री हुने खसीबोका र च्यांग्र्रा मासुको मूल्य प्रतिकिलो केही कम हुने कम्पनीको भनाइ

बजार मूल्यभन्दा कम्पनीबाट बिक्री हुने खसीबोका र च्यांग्र्रा मासुको मूल्य प्रतिकिलो केही कम हुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी प्रादेशिक प्रमुख ज्ञानु थापाले बताइन् ।

कम्पनीले दाङबाट ७००, धादिङबाट ६०० र वीरगञ्ज, हेटौंडालगायत ठाउँबाट ७०० खसीबोका काठमाडौं भित्र्याइसकेको छ ।कम्पनीले यो वर्ष च्यांग्र्रा बिक्री नगर्ने भने पनि ५०० च्यांग्र्रा बिक्री गर्ने भएको छ । कम्पनीले आजदेखि २ हजार खसीबोका र ५०० च्यांग्र्रा काठमाडौं उपत्यकामा बिक्री गर्नेछ ।

ती खसीबोका र च्यांग्र्रा काठमाडौंको थापाथलीस्थित प्रादेशिक कार्यालयमा ल्याइएको छ ।कम्पनीले दार्चुलाबाट ५०० च्यांग्र्रा खरिद गरेर काठमाडौं ल्याएको छ ।निजी कम्पनीले च्यांग्र्रा काठमाडौंमा भित्र्याएपछि सरकारी संस्थालाई शक्ति केन्द्रले दबाब दिएका थिए । यो वर्ष मकवानपुर, धादिङ र दाङबाट दसैंका लागि खसीबोका खरिद गरिएको छ ।

खाद्यले व्यापारीको भन्दा प्रतिकिलो ५० रुपैयाँसम्म सस्तो मूल्य तोकेको छ । खसीको बिक्री मूल्य ज्यूँदोमा प्रतिकिलो ६८० रुपैयाँ तोकिएको कम्पनीका बिक्री वितरण विभाग प्रमुख भीम थापाले बताए । उक्त मूल्यमा १० रुपैयाँ छुट दिइनेछ ।च्यांग्राको मूल्य १२ सय ६० रुपैयाँ तोकिएको छ । प्रतिकिलो १० रुपैयाँ छुटसहित उपभोक्ताले १२ सय ५० रुपैयाँमा किन्न पाउनेछन् । छुट दिँदा खसीबोका प्रतिकिलो ६ सय ७० र च्यांग्र्रा १२ सय ५० रुपैयाँ पर्नेछ ।

खाद्यले बिक्री गर्ने मूल्य व्यापारीको भन्दा किलोकै ५० रुपैयाँ सस्तो हो ।चौपाया खरिद बिक्री सेवा संघले मंगलबार लोकल खसीबोकाको मूल्य प्रतिकिलो ६८० देखि ७१० रुपैयाँ तोकेको थियो । च्यांग्रा प्रतिकिलो १३ सय रुपैयाँ तोकेको थियो ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL